Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गापुर बजारको स्वर्ण महोत्सव उद्घाटन
    समाचार

    दुर्गापुर बजारको स्वर्ण महोत्सव उद्घाटन

    ramBy ram२०७६ आश्विन १३, सोमबार ०२:३७ गते2 Mins Read

      कनकाई, ११ असोज / कनकाई नगरपालिका–७ स्थित दुर्गापुर बजारको स्वर्ण महोत्सव वर्ष २०७६ को शनिवार विधिवत रुपमा उद्घाटन भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य झापा क्षेत्र नं.४का सांसद एलपी साँवा लिम्बूले ५० वटा दिप प्रज्वलन गरी स्वर्ण महोत्सवको समुद्घाटन गरेका हुन् । वि.सं.२०२६ साल असोज १२ गते आइतबारदेखि प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पुगेको अवसरमा स्थानीयवासीले स्वर्ण महात्सवको आयोजना गरेको वताइएको छ । दुर्गापुर बजार व्यवस्थापन समिति र वडा नं.७ को वडा समितिको संयुक्त आयोजनामा एक बर्षसम्म विभिन्न कार्यक्रमहरु गरेर स्वर्ण महोत्सव वर्ष मनाउँने निर्णय भए अनुसार शनिवार समुद्घाटन गरिएको हो ।

    बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको सभापतित्व तथा झापा क्षेत्र नं.४ का संघीय सांसद लालप्रसाद(एल.पी.)साँवा लिम्बूको प्रमुख आतिथ्यता एवम् झापा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य माननीय झलकसिंह दर्लामीको विशिष्ट आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो । कार्यक्रममा कनकाई ७ का वडा अध्यक्ष लिलाबहादुर कन्दङवाले स्वागत तथा महोत्सवको औचित्य माथि प्रकाश पारेका थिए । वडा अध्यक्षले स्वर्ण महोत्सव बर्षको अवसरमा समृद्ध बजारको परिकल्पना सहित आवश्यक सडक, ढल निकास, विजुली बत्ती, हरियाली पार्क र सपिङ् कम्प्लेक्सको निर्माण जस्ता विशेष कार्य योजना रहेको धारणा राखेका थिए ।

    स्वर्ण महोत्सव उद्घाटना समारोहका प्रमुख अतिथी साँवा र विशिष्ट अतिथी झलकसिंह दर्लामीले बजारको समुन्नत विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा कनकाई नगर उपप्रमुख मञ्जु प्रसाई, नेकपा झापाका सचिव मणिकुमार साम्पाङ, नेपाली काँग्रेसका जिल्ला सदस्य गोपाल उप्रेती, दुर्गापुर वजारका संस्थापकद्वय हरिध्वज खत्री र गणेशप्रसाद पोखरेल, कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, नेकपा कनकाई नगरका इञ्चार्ज गोपाल प्रसाई, समाजसेवी प्रल्हाद प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न जातजातीहरुको आआफ्नै मौलिक परम्परा झल्कने सांस्कृतिक नृत्यहरु सहित सम्पन्न समुद्घाटन कार्यक्रमको संचालन डिल्लीराम चापागाँई र राजेन्द्र सिटौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.