काठमाण्डु, १३ भदौ– एमाले शीर्ष नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि काठमाण्डु फर्किएको छ ।
सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा र विष्णु पौडेलसहित नेता जनकपुर उडेका थिए ।जहाजमा प्राविधिक समस्या आएका कारण काठमाण्डु फर्किएको हो । उपाध्यक्ष नेम्वाङले अर्को जहाज व्यवस्था गरेर फेरि जनकपुर जान लागिएको जानकारी दिए ।
उनका अनुसार जहाज २३ मिनेट आकाशमा उडेपछि फर्किएको थियो । एमाले सचिवायल बैठक सिरहाको विष्णुपुरकट्टीमा बस्दै छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
