रुपन्देही । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ ।गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो ।
जीपमा सवारमध्ये पाँच जना घाइते भएका छन् ।पहिरोमा च्यापिएका तीन जनालाई बाहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भइरहेको स्थानीयको भनाइ छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
