चोरी गरी फरार भएका झापा कनकाई नगरपालिका वडा नं ५ चप्रामारी बस्ने २१ वर्षिय अन्जर आलम पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको गत बैशाख २५ गतेको फैसला अनुसार चोरी मुद्दामा उनलाई ६ महिना कैद , ५हजार रुपैयाँ जरिवाना र २०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो ।फरार रहेका उनलाई पक्राउ गरी आज झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

