Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हनी ट्रयापबाट मालामाल हुन झापाबाट काठमाडौं आएकी युवती यसरी परिन् प्रहरी फन्दामा
    कनकाई खबर बिशेष

    हनी ट्रयापबाट मालामाल हुन झापाबाट काठमाडौं आएकी युवती यसरी परिन् प्रहरी फन्दामा

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १२, मंगलवार १८:०३ गते3 Mins Read

    काठमाडौं । झापाको बाह्रदसीकी २३ वर्षीया सिया मगर रातारात मालामाल हुने ‘मिसन’ लिएर गत जेठको दोस्रो साता मात्र काठमाडौं आइन् ।

    उनका मिसन पार्टनर थिए सिन्धुपाल्चोकको बलेफीका २७ वर्षीय विमल सुवेदी ।सियालाई काठमाडौंमा आएर बस्न विमलले नै शान्तिनगरमा डेरा खोजिदिएका थिए । सियाका अनुसार आमा बिरामी भएर उपचार खर्च कसरी जुटाउने भन्ने तनावमा रहेका बेला विमलले उनलाई मास्टर प्लान सुनाएका थिए, सामाजिक सञ्जालमार्फत केटाहरुलाई सम्पर्कमा ल्याउने र सम्बन्ध राखेर ब्ल्याकमेलिङ गर्ने, आफू दाजु बनेर पैसा उठाउने जिम्मा विमलले लिएका थिए ।‘म ३ वर्ष अगाडि पोखरामा किङ्स लन्च क्लबमा काम गर्ने क्रममा विमल सुवेदीसँग चिनजान भएको हो ।

    मलाई आमाको उपचारका लागि पैसाको समस्या परेकोले मेरो पहिलेदेखि चिनजान भई कुराकानी हुने गरेको विमल दाइसँग ह्वाट्स एपमा कुरा हुँदै जाँदा विमल सुवेदीले पैसा कमाउने तरिका मलाई थाहा छ, काम गर्ने भए गरौं भनेकोले मैले हुन्छ भनें । त्यसपछि विमल दाइले तिम्रो नाम अनिता मगर राखी नयाँ आईडी खोलिदिन्छु । त्यो आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाइ नजिकको साथी बनी कुरा गरी भेटघाट गरी रिलेसनमा बस्ने काम तिमीले गर, त्यसपछि निज व्यक्तिसँग तिमीले हामीहरु बसेकोबारे सबै कुरा दाइभाउजूलाई भनिसकेको छु, अब जे गर्नुहुन्छ दाजुभाउजूले नै गर्नुहुन्छ भन्ने कुरामात्र तिमीले गर्नू भन्नुभएको थियो’, सिया भन्छिन् ।उनका अनुसार अनिता मगर नाम गरेको फेसबुक अकाउन्टबाट उनले खासगरी विवाहित पुरुषहरु पहिचान गरी फ्रेन्ड रिक्वेस्टहरु पठाउन थालिन् । विमलले भने झैं ‘सफलता’हरु प्राप्त हुँदै गए ।

    पहिलो शिकारबाटै ४ लाख रुपैयाँ फुत्काउन उनीहरु सफल भए । लगत्तै दोस्रो शिकारसम्म पनि उनीहरु पुगे ।नगरकोट घुमेर फर्किएपछि सियाले ती व्यक्तिलाई भनिन्, ‘हामी घुमेको सबै कुरा दाजुभाउजूलाई थाहा भयो । अब जे गर्नुहुन्छ, दाजुभाउजूले गर्नुहुन्छ । कुरा मिलेन भने म प्रहरी चौकी जान्छु ।’विमलले दाजु बनेर ती व्यक्तिलाई थर्काउन थाले । ७ लाख रुपैयाँ दिएमा बहिनीलाई मिलाउने विश्वास दिलाए । सिया आफैंले पनि फोन गरेर प्रस्ताव सुनाइन् ।कुनै पनि हालतमा प्रहरी चौकी जानबाट रोक्ने कोसिस गरेका ती व्यक्तिले अन्त्यमा ३ लाख २५ हजार रुपैयाँ तिर्न तयार भएर सियालाई कोटेश्वरमा बोलाए । त्यहाँ उनले ५० हजार रुपैयाँ बैंक ट्रान्सफर गरिदिए भने २ लाख २५ हजार रुपैयाँको चेक पनि काटिदिए ।

    सियाको तेस्रो शिकार भने उनलाई महँगो बन्यो । फेसबुकबाट साथी बनेपछि रमेश (नाम परिवर्तन) र सियाबीच भेटघाट भयो । उनीहरु असार १४ गते गोदावारी घुम्न जाने भनेर सातदोबाटोमा भेटे । रमेश आफ्नै गाडी लिएर सियालाई घुमाउन निस्किए ।गोदावरीको एक होटलमा बसेपछि सिया रमेशलाई एक्लै छाडेर त्यहाँबाट निस्किइन् । त्यसको केही समयमा सियाले रमेशलाई फोन गरिन्, ‘हाम्रो भेटघाटबारे दाजुभाउजूलाई थाहा भयो । अब जे गर्नुहुन्छ, दाजुभाउजूले गर्नुहुन्छ । कुरा मिलेन भने म प्रहरी चौकी जान्छु।‘लगत्तै विमलले रमेशलाई फोन गरेर थर्काए ।

    रमेशका अनुसार असार १५ गते उनलाई विमललगायतले लगातार फोन गरी ब्ल्याकमेलिङ गरेका थिए । उनले सियाको नाममा चेक काटेर तयार राखे । तर, लगातार ज्यानमाथि धावा बोलिरहेकाले आफूलाई असुरक्षित ठानी उनले प्रहरीमा उजुरी दिए । गिरोहले रमेशको पिच्छा गर्न छाडेन ।उनले आफू ३ लाख रुपैयाँ दिन तयार भएको बताउँदै चेक लिन कोटेश्वरस्थित एक रेस्टुरेन्टमा बोलाए । तर, यसबारे रमेशले प्रहरीलाई खबर गरिसकेका थिए । उक्त रेस्टुरेन्टमा उनीहरुबीच डिल भइरहेका बेला सादा पोसाकको प्रहरी टोलीले उनीहरुलाई घेरिसकेको थियो ।

    प्रहरीले यो प्रकरणमा सिया र विमलबाहेक सिन्धुपाल्चोकको बलेफीका २२ वर्षीय दीपक पराजुली र सुनकोशीका २४ वर्षीय सरोज तिमल्सिनालाई पनि पक्राउ गरेको छ । उनीहरुविरुद्ध आपराधिक लाभ कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    अनुसन्धानका क्रममा सियाले पैसा कमाएर घर जोड्ने योजनामा आफू हनी ट्रयापमा संलग्न भएको खुलाएकी छन् ।नेपाल प्रेसबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.