कञ्चनपुरमा डेंगु संक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका-८ पचुइ, स्कुल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको हो ।
अत्यधिक ज्वरो आएपछि उपचारका लागि धनगढी लगिएका उनको गएराति मृत्यु भएको बताइएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडिमात्रै घर फर्किएका थिए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
