कनकाई खबर/ मेचीनगर नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो साढे ४ बजे मेचीनगर नगरपालिका–६ स्थित कालीखोला नजिकैबाट तीन लाख ५० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले साडी १५५ पिस, चोलो १५९ पिस र महिलाले लगाउने भित्री वस्त्र १०० पिस बरामद गरेको हो । बरामद गरिएको लत्ताकपडालाई मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
