बिर्तामोडको मुक्ति चौक छेउमा रहेको प्रसाई सुपर मार्केटअगाडि एक व्यक्ति मृत फेला परेका छन् ।
उनी ढलभित्र मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । साइकलबाट लडेर उनको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।
अन्दाजी ३५ वर्षको मधेसी समुदायको जस्तो देखिने मृतकको पहिचान नखुलेको डीएसपी कार्कीले जानकारी दिए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
