Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गौ हत्याको विरोधमा हिन्दुवादी सनातनीहरुको सुरुङ्गामा वृहत प्रदर्शन
    कनकाई नगरपालिका

    गौ हत्याको विरोधमा हिन्दुवादी सनातनीहरुको सुरुङ्गामा वृहत प्रदर्शन

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १०, आईतवार १९:३५ गते2 Mins Read


    कनकाई खबर \ गौ हत्याको विरोधमा झापाको सुरुङ्गामा स्वतस्फुर्त रुपमा स्थानीय हिन्दुवादी सनातनीहरुले सद्भाव र्यालीसहित वृहत प्रदर्शन गरेका छन् ।

    धर्म गुरुहरुसहित स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरु, क्रियाशिल सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी व्यवसायी, मुस्लीम युवाहरु सहितको र्याली बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।


    सुरुङ्गा चोकबाट र्याली सुरु हुनु अघि विद्वान व्यक्तित्वहरु भागवत मन्जरी राधिका दासी, गोलोक गोबद्र्धन गौशाला सतासीधामका महन्त नन्दकिशोर भारद्वाज, साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडा लगायत सहभागीहरुले सुरुङ्गा चोकमा गाईको पुजा गरेर बजार परिक्रमाको प्रारम्भ गरेका थिए । सयौंको संख्यामा उपस्थित हिन्दुवादी सनातनीहरुले गौ हत्यारालाई कार्वाही नहुन्जेल अभियानलाई निरन्तरता दिँदै जाने उद्घोष गरे ।


    धर्मगुरुहरुले शंखधुनी साथै स्वस्तीवाचन सहित…सामाजिक सद्भाव कायम गर.., गौमाताको रक्षा गर…,गाई काट्न पाइदैन…, हत्यारालाई कार्वाही गर…, हिन्दु राष्ट्र हाम्रो सान…, नेपालीको पहिचान…जस्ता नारा लगाएका थिए ।


    कोण सभालाई धर्म गुरुहरु भागवत मन्जरी राधिका दासी, गोलोक गोबद्र्धन गौशाला सतासीधामका महन्त नन्दकिशोर भारद्वाज, साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडा, समानुपातीक तर्फका प्रदेश सभा सदस्य गोपालवहादुर विश्वकर्मा, समाजसेवी श्याम ओली, हिन्दु सनातनी सक्रिय युवा जविन तिम्सिना, सताक्षीधाम धार्मिक विकास संस्थाका पुर्व अध्यक्ष प्रसाद सुव्वा लगायतले सम्बोधन गरेका थिए ।


    संविधानमा उल्लेख भएअनुसार राष्ट्रिय जनावर गाईको हत्यारालाई सजाय हुनु पर्ने माग राख्दै आक्रोशित बनेका हिन्दुवादी सनातनीहरुले वर्तमान अवस्थाको असहज परिस्थितीको श्रृजना राज्य पक्षबाटै भएको दावी गरे । यसबाट हुन जाने क्षतिको सम्पूर्ण जिम्मा वर्तमान सरकारले लिनु पर्ने भन्दै धर्म गुरुहरुले यहि भदौ १३ गते बुधबार जिल्ला प्रशासन कार्यालय झापामा ध्यानाकर्षण पत्र बुझाउँने कार्यक्रम रहेको बताएका छन् ।


    स्थानीय हिन्दु सनातनी सक्रिय युवा जविन तिम्सिनाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सद्भाव र्याली निकाल्नुपर्ने बाध्यात्मक परिस्थितीप्रति दुःख व्यक्त गरे । छोटो सुचनाका आधारमा राजनीतिक दलसहित विभिन्न संघसंस्थाका तर्फबाट ऐक्यवद्धता जनाउँदै कार्यक्रममा उपस्थित सम्पूर्ण हिन्दुवादी सनातनी महानुभावहरुप्रति युवा समाजसेवी तिम्सिनाले धन्यवाद ज्ञापन गरे। कार्यक्रमको सहजीकरण हिन्दु सनातनी युवा एवं सताक्षी संस्कृत पाठशालाका प्राचार्य मदनमोहन अधिकारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.