Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लब अफ सुरुङ्गाको सर्भिस प्रोजेक्ट अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    रोटरी क्लब अफ सुरुङ्गाको सर्भिस प्रोजेक्ट अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ९, शनिबार २०:४७ गते2 Mins Read


    कनकाई खबर \ स्वार्थ भन्दा माथी सेवा भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै विश्वव्यापी रुपमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको रोटरी क्लब अफ सुरुङ्गाले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


    क्लवको वार्षिक क्यालेण्डरका रुपमा रहेको रक्तदानमा ६ महिला सहित ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक एवं क्लवका सर्भिस प्रोजेक्ट मेम्बर दिपक कुँवरले जानकारी दिए । रगतको अभावलाई पूरा गर्न क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा व्यवस्था गरेको संयोजक कुँवर बताउँछन् ।


    विभिन्न सेवाका क्षेत्रमा सदस्यलाई जिम्मेवारी प्रदान गरेको रोटरीले सर्भिस प्रोजेक्ट अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रोटरी क्लव अफ सुरुङ्गाको सर्भिस प्रोजेक्ट चेयरको जिम्मेवारी यस वर्ष क्लवका पुर्व अध्यक्ष कुमारमणि पोखरेललाई प्रदान गरिएको छ । रोटरीयन पोखरेलको नेतृत्वमा रहेको सर्भिस प्रोजेक्ट चेयरका सदस्यहरु कुँवर र सुस्मा न्यौपाने उप्रेती रहेका छन् ।


    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजना रहेको कार्यक्रम कनकाई—३ सुरुङ्गास्थित कुमुदिनी भवनमा सम्पन्न भएको हो । क्लवका अध्यक्ष शिवकुमार कडेलको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्थानीय क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिती रहेको बताइएको छ ।

    त्यस्तै क्लवका पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद जमरकट्टेल, सुशिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाई सहित अन्य पदाधिकारी तथा सदस्यहरु साथै रोट्रयाक्टकी अध्यक्ष सारिका गिरी सहित पदाधिकारी एवं सदस्यहरुको समेत बाक्लो उपस्थिती रहेको बताइएको छ ।


    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले रोटरी क्लवका सदस्यहरुले रोटरी वादको मूल आदर्शलाई मन, वचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानवीय हितकालागी गरेको सेवामूलक कार्यहरुप्रति आँफू अत्यन्तै प्रभावित भएको बताए । निस्वार्थ ढंगले सेवाका क्षेत्रमा काम गर्ने संस्था रोटरी क्लवसँग कनकाई नगरपालिकाले हरेक क्षेत्रमा समन्वय गरेर काम गर्न चाहेको बताउँदै नगर प्रमुख पोखरेलले रोटरीबाट समाजमा क्रियाशिल अन्य संघसंस्थाले समेत समन्वय गरेर अघि बढ्न सकेमा सामाजिक एकता कायम हुने विश्वास व्यक्त गरे ।


    कार्यक्रममा होटल व्यवसायी संघ क्षेत्रीय समिति सुरुङ्गा र होटल डिलाइटका तर्फबाट कुर्सी साथै अन्य व्यवस्थापनमा विशेष सहयोग पुगेको थियो भने कनकाईको वडा नं.—७ निवासी युवा समाजसेवी शिव काफ्लेले रक्तदान गर्ने सम्पूर्ण दाताकालागी सहयोग स्वरुप फ्रुटी उपलव्ध गराएको बताइएको छ ।


    नेपाल रेडक्रस सोसाइटी विर्तामोड रक्तसंचार सेवाको प्राविधिक सहयोग रहेको कार्यक्रममा क्लवका प्रेसिडेन्ट नोमिनी लुवराज उप्रेतीले स्वागत मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमको संचालन रोटरीयन मेनुका उप्रेतीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.