Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रशासनको अवरोधपछि धर्मगुरुहरुले स्वस्तीवाचनसहित चारपानेमा गरे सडक अवरुद्ध
    बिर्तामोड नगरपालिका

    प्रशासनको अवरोधपछि धर्मगुरुहरुले स्वस्तीवाचनसहित चारपानेमा गरे सडक अवरुद्ध

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ९, शनिबार १२:५४ गते2 Mins Read

    कनकाई खबर \ गौ हत्याको विरोधमा धरान हिडेका हिन्दुवादी धर्मगुरुहरुलाई झापा प्रशासनले चारपानेमा रोकेपछि धर्मगुरुहरुले स्वस्तीवाचनसहित चारपानेमा सडक अवरुद्ध गरेका छन् ।


    झापाका जिल्लास्तरीय धर्मगुरुहरु चढेको बस प्रशासनले रोकेपछि धर्मगुरुहरुले सडकमै विरोध जनाइरहेका छन् । शान्तिपूर्ण आन्दोलनमा हिडेको समूहलाई प्रहरीले रोकेपछि प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी भइरहेको छ ।


    झापाबाट जाँदै गरेको बस जिल्ला प्रशासन कार्यालयले चारपानेमा रोकेको हो । प्रशासनले बाटो छेकेर अघि बढ्न नदिएपछि हिन्दु धर्मावलम्बी धर्म गुरुहरुले गौ हत्या गर्न पाइदैन, हिन्दु राष्ट्र कायम गर, भन्दै नाराबाजी गरिरहेका छन् । शंख ध्वनीसहित विरोध जनाइरहेका उनीहरुले गौ हाम्रो आमा हुन् जस्ता नारा लगाउँदै गौ हत्यारालाई कारबाहीको माग गरेका छन् । उनीहरुको विरोधका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।


    धरानमा प्रदर्शनका लागि हिडेका धर्मगुरु लक्ष्मीप्रसाद खतिवडाले संविधानले दिएको अधिकार प्रयोग गर्न राज्यले बञ्चित गर्नु दुःखद भएको बताए । उनले गौ हत्या बिरुद्ध आयोजित सभा बिथोलेर सरकारले हिन्दु धर्ममाथि प्रहार गरिरहेको आरोप लगाए ।


    धरानमा केही दिन अघि गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसको बिरोधमा हिन्दु धर्मावलम्बीहरुले सोही स्थानमा शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । प्रदर्शनका क्रममा हुन सक्ने अप्रीय क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

    धरान नगरपालिकाभरी कुनैपनि जुलुस तथा सभा गर्न प्रशासनले रोक लगाएको छ । प्रशासनको अवरोधका बाबजुदपनि धरान जाँदै गरेका हिन्दु धर्मावलम्बी धर्म गुरुहरुलाई प्रत्येक जिल्लामा नै रोक्ने आदेश अनुसार प्रशासनले झापाका धर्मगुरुहरुलाई चारपानेमा रोकेको जनाएको छ । ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.