Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा काँग्रेसको पार्टी शसक्तिकरण अभियान सम्पन्न
    कनकाई नगरपालिका

    कनकाईमा काँग्रेसको पार्टी शसक्तिकरण अभियान सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ७, बिहीबार १४:२० गते4 Mins Read


    कनकाई खबर \ नेपाली काँग्रेसले पार्टी शसक्तिकरण अभियान अन्तर्गत कनकाई नगरमा अभियानलाई तिब्रता बनाएको छ ।


    यसै क्रममा नेपाली काँग्रेसले कनकाईका नौ वटै वडामा वडा भेला सम्पन्न गरिसकेको छ ।कनकाईको वडा नं.६मा वडासभापति रामगोपाल ओलीको सभापतित्व एवं पार्टीका झापा जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यतामा वडा भेला, जेष्ठ नागरिक सम्मान साथै महिलाहरुको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

    चम्पापुरस्थित गायत्री मन्दिरको सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा वडा समितिले पार्टीका अग्रज साथै लामो समयदेखी नेपाली काँग्रेसमा रहेर पार्टीलाई योगदान दिने ५० जना अग्रज व्यक्तित्वहरुलाई सम्मानपत्र सहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला सभापति थेवे, महाधिवेशन प्रतिनिधि एकराज उप्रेती, भीम राजवंशी, टंक विश्वकर्मा, जिल्ला प्रतिनिधि सीता रिजाल ओली, जिल्ला सदस्य लिलाप्रसाद चिमरीया र शिवकुमार कडेल, क्षेत्र नं.४ का सचिव रुपनारायण खतिवडा, क्षेत्र नं.४(ख)का उपसभापति रोहित खबास, नगर सभापति दुर्गा प्रसाईँ लगायतले पार्टीका अग्रज तथा जेष्ठ मातापितालाई सम्मान गरेका हुन् ।

    सम्मान सहित सामुहिक दर खाने कार्यक्रम सम्पन्न भएको वडासभापति रामगोपाल ओलीले जानकारी दिए । वडामा पार्टी संगठनलाई थप शसक्त बनाउँने अभियानमा लागेका युवा व्यक्तित्व वडा सभापति ओलीले आफ्नो नेतृत्वमा वडामा भएका महत्वपूर्ण गतिविधिलाई बुँदागत रुपमा विभिन्न ११ बुँदामा प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यस्तै विभिन्न विषयलाई समेटेर वडा सभापति ओलीले ८ वटा बुँदामा भावी योजना प्रस्तुत गरे ।
    वडाका पुर्व सभापति हरिप्रसाद घिमिरेले स्वागत तथा क्षेत्रीय प्रतिनिधि गायत्री गौतमले संचालन गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व केशव विमली, प्रदेश प्रतिनिधी गंगाबहादुर भुजेल, जिल्ला प्रतिनिधि सीता रिजाल ओली लगायते शुभकामना मन्तव्य राखेका थिए ।


    त्यसैगरी नेपाली काँग्रेस कनकाई–१ को वडा समितिले वडा सम्मेलनमा ३ जनापूर्व सभापतीहरुलाई सम्मान गरेको छ ।कनकाई–१ स्थित कालिका सामुदायिक भवनमा आयोजित विशेष सम्मेलन कार्यक्रमका अवसरमा उक्त सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा पार्टीका पुराना नेता १२औं अधिवेशनका निर्वाचित साविक सुरुङ्गा–१ का ध्रुवप्रसाद भट्टराई, साविक सुरुङ्गा–२ का लक्ष्मीप्रसाद काफ्ले र १३औ अधिवेशनका कार्यवाहक सभापति नरध्वज खवास गरी तीन जनालाई पूर्व सभापतिका रुपमा सम्मान गरिएको जनाइएको छ । पुराना तथा अग्रजहरुले पु¥याएको योगदानप्रति सम्मान र आदर गर्नु नै नेपाली काँग्रेसको संस्कार रहेको जनाइएको छ ।


    १४औं महाधिवेशन पश्चातका नेपाली काँग्रेस केन्द्रिय समितिले सुरु गरेको पार्टी शसक्तिकरण अभियानका जिल्ला, क्षेत्र तथा नगर कार्यसमितिको परिपत्रका आधारमा वडा सम्मेलनको आयोजना गरिएको हो । सम्पन्न सम्मेलनमा वडाको पार्टी कार्यकर्ता तथा क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । गत १४औं अधिवेशन पश्चात वडा समितिले गरेको पार्टीको अत्यन्तै महत्वपूर्ण तथा पहिलो ठुलो कार्यक्रमका रुपमा यो कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।


    वडा नं.–१ का सभापती तथा कार्यक्रमका सभाध्यक्ष मनोज बस्नेतले राजनीतिक तथा सांगठनिक र सचिवले आर्थिक प्रतिवेद प्रस्तुत गरेको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती देउकुमार थेवेको प्रमुख आतिथ्यता रहेको थियो ।


    कार्यक्रमका प्रमुख अतिथि थेवेले अबको संगठन सुधार गरेर लिएर जानकालागि कसैले कसैलाई दोषारोपण गरेर हुँदैन, अरुलाई आंैल्याउनु भनेको आफंैमा फित्तलो बन्नु हो,त्यसैले चुनावमा भएका गतिविधिलाई सबै भुलेर एकजुट भई हातेमालो गर्दै अगाडी बढ्नकालागि सबैमा आव्हान गरेका छन् ।


    सभापति थेवेले वडा तथा नगर समितिलाई एउटा रुटिङ बनाएर सम्पूर्ण टोलमा तथा भातृ संगठन समक्ष पुग्नकालागि निर्देशन दिए । अबको काँग्रेस बलियो पारेर अगाडी लिएर जानकोलागि प्रशिक्षणको पनि आवश्यकता भएको हुनाले तत्काल जिल्लाले झापाका सबै पालिकामा रहेका सबै वडाहरुमा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने समेत जिल्ला सभापति थेवेले बताए ।


    जिल्ला सदस्य तथा वडा नं.–१ का प्रतिनिधि शिव कडेल, झापा क्षेत्र नं.–४ प्रदेश (ख)का सभापती ख्यामराज सिटौला, कनकाई नगर सभापती दुर्गाप्रसाद प्रसाई, महिला संघ नगर सभापती रेनुका मैनाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा जिल्ला सदस्य लीलाप्रसाद चिमरिया, क्षेत्रीय सचिव रुपनारायण खतिवडा, नगर उपसभापती सन्तोष रायमाझी, सचिव रेणुप्रसाद कडेल, नेविसंघ केन्द्रिय सदस्य भुवन खतिवडा, वडा नं.–२ का वडा सभापती बुद्धिमान बोहोरा लगायतको आतिथ्यता रहेको थियो ।


    सहभागिहरु टेकनाथ लुईटेल, राजेश श्रेष्ठ, ईश्वर सुवेदी, डिल्ली रिजाल, माधव बराल,कैलाश नेपाली लगायतको जिज्ञासा मेटाउँदै जिल्ला प्रतिनिधि शिव कडेलले आगामी संगठन कुर्सीमा बसेर होइन सम्पूर्ण जनता सामु भुईमा बसी उनीहरुको भावना र मर्मलाई बुुझेर गर्नु पर्नेमा जोड दिए ।


    जनताकालागि काँग्रेस भन्ने नारालाई सार्थकता पार्न जे आवश्यकता रहन्छ त्यो गर्न तयार रहनु पर्नेमा जोड दिदै जिल्ला सदस्य तथा प्रतिनिधी कडेलले प्रष्ट पारेका थिए । जिल्ला सदस्य कुमारणी पोखरेलले स्वागत सहित औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन वडासचिव तिलचन्द रिजालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.