Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नवजात शिशु अस्पतालबाटै हराएपछि यसरी पर्दाफास भयो डा. कर्णको कर्तुत
    कनकाई खबर बिशेष

    नवजात शिशु अस्पतालबाटै हराएपछि यसरी पर्दाफास भयो डा. कर्णको कर्तुत

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ६, बुधबार ०७:५६ गते3 Mins Read

    मोरङ- कोसी अस्पतालका पूर्व मेडिकल सुप्रिटेन्डेन्ट तथा ग्रिनक्रस अस्पतालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन्

    ।मंगलबार बेलुका करिब साढे ५ बजे कटहरी गाउँपालिकास्थित एक महिलाको घरबाट बिक्री गरिएको शिशुलाई प्रहरीले उद्धार गरेपछि प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्णलाई पक्राउ गरिएको हाे।गत साउन ३२ गते शिशुकी आमाले प्रहरीसमक्ष शिशु विराटनगरको ग्रिनक्रस अस्पतालबाट बेपत्ता भएको किटानी जाहेरी दिएकाे जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।सोही किटानी जाहेरीका आधारमा प्रहरीले कटहरीस्थित ४६ वर्षीया दिलमाया राजवंशीको घरबाट शिशुको सकुशल उद्धार गरेको हाे।

    प्रहरीका अनुसार दिलमायाको छोरा सूर्यनारायण र बुहारी श्यामबत्तीबाट सन्तान नभएपछि शिशु खरिद गरी लगेका हुन्। दिलमायाको परिवारले डा. कर्ण, ग्रिनक्रस अस्पतालका सफाइ कर्मचारी सुधा राजवंशीमार्फत् शिशु खरिद भएको प्रहरी अनुसन्धानमा देखिएको छ।प्रहरी प्रवक्ता दाहालले दिलमायाको परिवारले ५० हजार रुपैयाँमा शिशु खरिद गरिएको कुरा आए पनि अनुसन्धानका क्रममा ५ लाख रुपैयाँमा खरिद भएको आशंका गरिएकाे बताए। यद्यपि पुष्टि भने भइसकेको छैन। यसबारे थप जानकारी आउन बाँकी रहेको प्रवक्ता दाहालले जानकारी दिए।ग्रिनक्रस अस्पतालमा गत असार १४ गते २६ वर्षीया अविवाहित युवतीले छोरी जन्माएकी थिइन्।

    ती युवतीलाई असार १३ गते नै ग्रिनक्रसमा भर्ना गरिएको प्रहरीले जनाएको छ। युवतीबाट जन्मिएकी शिशुको १४ गते नै बिक्री भएको प्रहरी अनुसन्धानले जनाएको छ।युवती गर्भवती भएपछि उनका प्रेमीले विराटनगरस्थित ग्रिनक्रस अस्पताल नजिकैको एक मेडिकल क्लिनिकमा लगेका थिए। सो क्लिनिक पनि डा. कर्णको रहेको र सोही क्लिनिकमा परीक्षण गरिसकेपछि युवतीलाई प्रसूतिका लागि ग्रिनक्रसमा भर्ना गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

    अस्पताल भर्ना हुने क्रममा युवक र युवतीको नामसमेत फरक राखिएको थियो। सुनसरीको रामधुनी नगरपालिका ११ का बासिन्दा मानबहादुर तामाङ र फूलकुमारी तामाङको नाममा अस्पतालमा भर्ना गरिएकाे थियाे।डेलिभरीपछि युवकले युवती लिएर इटहरी पुगेका थिए। इटहरीमा युवतीलाई छाडेर युवक हिँडेपछि सुत्केरी अवस्थाकी युवती अलपत्र अवस्थामा पुगेकी थिइन्। उनले प्रेमीलाई जन्मिएकी शिशुबारे बुझ्न खोज्दा अस्पतालमा रहेका बताएका थिए।प्रेमी गुमनाम भएपछि युवतीले आफ्नो शिशु खोज्ने क्रममा प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन्।

    डेलिभरी भएपछि अस्पताल तथा त्यहाँ कार्यरत नर्सले शिशु आफूलाई नदिएको गुनासो युवतीले गरेकी थिइन्।प्रहरीले अनुसन्धान गर्ने क्रममा ३५ हजार रुपैयाँमा डेलिभरी गराएका डा. कर्णसमक्ष सोधपुछ गरेका थिए। डा. कर्णले भने प्रहरीसमक्ष बच्चा अभिभावकलाई बुझाइएको बताउँदै आएका थिए।डेलिभरी गर्ने क्रममा डा. कर्णले सुरुमा युवतीसमक्ष ५० लाख रुपैयाँ माग गरे पनि ३५ हजार रुपैयाँ लिएर डेलिभरी गरेका थिए।

    युवतीले आफ्नो बच्चा खोज्दै अस्पताल पुग्दा अस्पतालका अध्यक्ष कृष्ण खवासले ९ सय ५० ग्राम तौलको शिशुको स्वास्थ्य अवस्था गम्भीर भएको र सुविधासम्पन्न अस्पताल भर्ना गरिएको बताएका थिए।प्रहरी अनुसन्धानसँगै डा. कर्णको भूमिका शंकास्पद भेटिएपछि प्रहरीले उनी यसप्रकारको घटनामा लामो समयदेखि संलग्न रहँदै आएको खुलेको छ। प्रहरीका अनुसार अवैध रूपमा गर्भपतन गराउने र जन्मिएका शिशुकाे व्यवस्थापन गराउने जनाउँदै अभिभावकबाट मोटो रकम असुल्ने काममा संलग्न रहँदै आएका छन्।

    यसप्रकारको घटनामा डा. कर्णले १ देखि ५ लाखभन्दा बढी रकम लिने गरेको कुरा खुलेकाे छ। अवैध रूपमा गर्भ बसेकाहरूलाई डा. कर्णसम्म पुर्‍याउने एक गिरोह नै सक्रिय रहेको हुनसक्ने प्रहरी अनुसन्धानमा देखिएको छ।प्रहरीले अस्पतालका कर्मचारी, नर्स, मेडिकल क्लिनिकमा कार्यरतहरूले अवैध गर्भ भएकाहरूलाई डा. कर्णसम्म पुर्‍याउने गरेको देखिएको जनाएकाे छ।

    डा. कर्ण कोसी अस्पतालमा २०७० देखि ०७१ सम्म मेडिकल सुप्रिटेन्डेन्टका रूपमा काम गरेका थिए। देश सञ्चारबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.