कनकाई खबर/ बिर्तामोड नगरपालिका- ७ स्थित मिलडाँडामा आगलागी भएको छ । दुर्गा घिमिरेको पसल रहेको घरमा आगलागी हुँदा करिब दुई लाख मुल्य बराबरको क्षति भएको छ ।
मङ्गलवार साँझ साढे ७ बजेतिर पूजा कोठामा बालेको दियो मुसाले लगेपछि त्यहीबाट आगो सल्किएको बताइएको छ । बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
