कनकाई खबर/ मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ ।
तीर्थ खोलाले बगाएर पथरीशनिश्चरे–६ की ७० वर्षीया भीरमाया श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार तर्ने क्रममा सोमबार दिउँसो १२स्१५ बजेतिर वृद्धालाई तीर्थ खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता बनाएकोमा दुई सय मिटर तल रुखको जरामा अल्झिरहेको अवस्थामा शव फेला परेको डीएसपी दाहालले बताए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
