झापा, भदौ ५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेची आँखा अस्पताल छेउमा दुईजना पक्राउ परेका छन् ।
गएराति ८.१५ बजे बिर्तामोड नगरपालिका वडा नं. ३ मेची आँखा अस्पताल छेउमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने ३४ वर्षिय रोशन राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षिय रोहित राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र ७६हजार ३१५ रुपैयाँ समेत फेला परेको थियो ।
दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

