Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा रोटरीको क्लव अफिसर ट्रेनिङ सेमिनारबाट ४० बढी लाभान्वीत
    स्थानीय

    सुरुङ्गा रोटरीको क्लव अफिसर ट्रेनिङ सेमिनारबाट ४० बढी लाभान्वीत

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र ४, सोमबार २१:१७ गते3 Mins Read


    कनकाई खबर \ सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ सुरुङ्गाले क्लवका पदाधिकारीकालगी क्लव अफिसर ट्रेनिङ सेमिनार(कट्सं) सम्पन्न गरेको छ ।

    क्लवका नवआगन्तुक सदस्यहरुलाई क्लवको इतिहास, काम, कर्तव्य र अधिकारको बारेमा जानकारी दिन साथै पुराना सदस्यहरुलाई क्लबका नयाँ सुचनाका बारेमा जानकारी गराउँन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक एवं क्लवका पुर्व अध्यक्ष सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।


    क्लवका अध्यक्ष शिव कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिस्ट्रिक ट्रेनिङ समिति सदस्य किरण कर्ण(कि–नोट स्पिकर), ट्रेनिङ चेयर रिजन–७ कि अर्चना तापरिया र जोन–४३ का असिस्टेन्ट गर्भनर दिपु चापागाईं(सन्दिप)ले प्रशिक्षण प्रदान गरेका हुन् ।


    प्रशिक्षणका अवसरमा डिस्ट्रिक ट्रेनिङ समिति सदस्य कर्णले रोटरी भनेको सामाजिक सेवाकालागि मात्र नभई व्यक्तित्व साथै चौतर्फी विकासकालागि पनि एउटा प्लेटफर्म भएको बताएकी छन् । कुनै पनि गतिविधिमा सम्पूर्ण रोटरीयनहरु मिलेर एकताका साथ अघि बढ्ने भएकाले यहाँ धेरै अवसरहरुको सिर्जना हुन सक्ने कुरामा प्रशिक्षक कर्णले जोड दिएकी छन् । रोटरीमा लाग्नेहरु आफैंमा फरक क्षेत्रका लिडर समेत हुने भएकाले रोटरी क्लवलाई समाजमा ‘लिडर अफदि लिडर’ का रुपमा हेर्न सकिने बताइएको छ ।


    रोटरीमा नैतिकतासँगै व्यवहारिक कुराहरु समेत सिक्न सकिने कुरामा जोड दिँदै अर्की प्रशिक्षक ट्रेनिङ चेयर रिजन–७ कि अर्चना तापरियाले रोटरीमा विभिन्न ट्रेनिङ लगायत धेरै अवसरहरु समेत प्राप्त हुने बताएकी छन् । सामाजिक क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तित्वहरुको सहभागीता रहने रोटरी क्लवमा आवद्ध भएपछि रोटरीयनहरुले समय व्यवस्थापनलाई पहिलो प्राथमिक्तामा राखेर अघि बढ्नु पर्नेमा प्रशिक्षक अर्चनाले जोड दिइन् । समयको उचित व्यवस्थापनसँगै व्यक्तित्व विकास, नेटवर्किङ , व्यपार–व्यवसाय विस्तार लगायतका क्षेत्रमा धेरै अवसरहरु प्राप्त गर्न सकिनेमा प्रशिक्षक अर्चनाले जोड दिएकी छन् । विशेषगरी करियर मेकिङ पिरियडमा रोटरीको भूमिका महत्वपूर्ण भएको उनको ठहर छ ।


    त्यस्तै जोन–४३ का असिस्टेन्ट गभर्नर दिपु चापागाईंले रोटरीयनहरुले समाजमा गरेको गतिविधिका कारण समुदायमा रोटरीको पहिचान झल्कने बताए । रोटरी क्लवले सेवाको क्षेत्रमा अग्रस्थानमा रहेर काम गर्ने कुरामा जोड दिँदै चापागाईँले यो नितान्त सामाजिक संस्था भएको जानकारी दिए । प्रशिक्षक चापागाईँले भने, “यो अन्य गैरसरकारी संस्थाहरु जस्तो होइन, यहाँ सेवामा आनन्द मिल्छ ।”


    रोटरी अन्तर्गतको ‘द रोटरी फाउण्डेशन’ मार्फत रोटरीले आफ्ना सात वटा फोकस एरियाहरु शान्ति तथा द्वन्द व्यवस्थापन, रोग नियन्त्रण तथा उपचार, खानेपानी तथा सरसफाई, मातृशिशुु तथा स्वास्थ्य, प्राथमिक शिक्षा तथा साक्षरता, आर्थिक ,सामाजिक विकास तथा वातावरणमा सहयोग गर्दै आएको बताइएको छ । रोटरीले विश्वमै पोलियो उन्मुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रशिक्षक चापागार्इँ बताउँछन् ।


    क्लवका प्र्रेसिडेन्ट नोमिनी डिल्लीराम मैनालीले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा पुर्व अध्यक्ष कुमारमणि पोखरेलले क्लव स्थापनाको यो छोटो समयमा सामाजिक क्षेत्रमा परेको प्रभावका बारेमा जानकारी गराए । पुर्व अध्यक्ष पोखरेलले क्लवका तर्फबाट हालसम्म संचालन भएका गतिविधिका बारेमा समेत जानकारी गराउँदै सकारात्मक सोचका साथ अघि बढेको रोटरी क्लव अफ सुरुङ्गाले समाज रुपान्तरणमा सरकारसँग सहकार्य गर्दै अघि बढेको बताए ।

    क्लबकी सचिव विनिता मैनाली बिमलीले संचालन गरेको कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु टिकाप्रसाद जमरकट्टेल, खेम प्रसाई, शिक्षासेवी एवं रोटरी क्लव अफ सुरुङ्गाका सदस्य अखिल कोइराला लगायत क्लवका पदाधिकारी सहित ४० बढी सदस्यहरुको सहभागीता रहेको कार्यक्रम संयोजक समेत रहेका पुर्व अध्यक्ष सुशिलकुमार श्रेष्ठले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.