
कनकाईखबर डेक्स \ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटिको तेश्रो पुर्ण वैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ मंगलवार जिल्ला पार्टी कार्यालय झापामा सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा बसेको बैठकले आगामी असोज ३ गतेका दिन पाचौं संविधान दिवस झापामा भव्य रुपमा मनाउने निर्णय गरेको छ । झापाका पार्टी सदस्यहरुको अनिवार्य उपस्थितिमा विर्तामोडको मुक्तिचौकमा १५ हजार कार्यकर्ता बीचमा कार्यव्रmम आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिएका छन् । संविधान दिवसलाई पार्टी शिर्ष नेताहरुले सम्बोधन गर्ने वताइएको छ ।
त्यसैगरी भदौ २८ गते हुने गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” झापा आउँने भएका छन् । विर्तामोडको अग्रसेन भवनमा विहान १०ः३० बजेदेखि सुरु हुने साधारण सभालाई अर्का नेता सुवासचन्द्र नेम्वाङले समेत सम्बोधन गर्ने पार्टी सचिव मणिकुमार साम्पाङले जानकारी दिएका छन् ।
प्रदेश कमिटीका सह–इन्चार्ज नरेश खरेल, जिल्ला सह–इन्चार्जहरु देबेन्द्र दाहाल ,हरि राजवंशी र प्रदेश कमिटीका सदस्यहरुको उपस्थितीमा सम्पन्न बैठकले महत्वपूर्ण निर्णय गरेको वताइएको छ । वैठकमा भएका निर्णयहरु मध्ये गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको साधारण सभाको उद्घाटन पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् भने सो समारोहमा पार्टी स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्बाङ्गले समेत सम्बोधन गर्ने भएका छन् । कार्यक्रममा पार्टीका स्थानीय तह कमिटी (गाउ / नगर)का पदाधिकारीहरुको बाक्लो रुपमा उपस्थित हुने वताइएको छ ।
त्यस्तै संविधान दिवसका दिन कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने निर्णय गर्दै वैठकले स्थानीय स्तरमा संविधान दिवसको दिन असोज ३ गते बेलुका दिपावली गर्ने, सबै पार्टी सदस्यले आफ्नो आफ्नो घरमा पार्टी झण्डा र राष्ट्रिय झण्डा फहराउने साथै दिनको १२ बजे बिर्तामोडमा हुने जनसभामा सहभागिता जनाउँने निर्णया भएको वताइएको छ ।
जनसभाको व्यवस्थापनका लागि प्रेम गिरीको संयोजकत्वमा अरुण श्रेष्ठ उपसंयोजक रहने गरी १४ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा क्रमशः खड्ग तिम्सिना पवन, प्रेम प्रसाद सिटौला, मोहन सुब्बा, ध्रुव शिवाकोटी, एकराज कार्की, भुपेन्द्र न्यौपाने, सुबास भट्टराई, हरी राना, सार्दुल ओली, पुण्य प्रसाद खरेल, प्रकाश भट्टराई र शिव ढुङ्गेल रहेको वताइएको छ ।