झापाको कनकाई नगरपालिका वडा नं.५ निवासी छोराहरू टिकाराम,गोकर्णप्रसाद, पुन्यप्रसाद, जीवनाथ, मोतीखर ओझा साथै छोरी सावित्रा खरेलका पिता जेष्ठ नागरिक तथा सामाजिक व्यक्तित्व छविलाल ओझाको ९१ वर्षको उमेरमा आज भदौ २ गते विहान ३ः३० बजेको समयमा भएको असामयिक निधन प्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
साथै आज दिनको ११ बजे कनकाई घाटमा गरिने अन्त्यष्टी कार्यमा उपस्थित भइदिनुहुन सम्पूर्ण इष्टमित्र, नातागोता, कुलकुटुम्ब लगायत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
