Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘युनिक क्याम्पस विद्यार्थीको आकर्षण र अभिभावकको भरोसा बन्दै गएको छ’ –दीपक भट्टराई क्याम्पस प्रमुख, युनिक बहुमुखी क्याम्पस, सुरुङ्गा
    Uncategorized

    ‘युनिक क्याम्पस विद्यार्थीको आकर्षण र अभिभावकको भरोसा बन्दै गएको छ’ –दीपक भट्टराई क्याम्पस प्रमुख, युनिक बहुमुखी क्याम्पस, सुरुङ्गा

    ramBy ram२०७६ भाद्र १८, बुधबार ०३:३३ गते7 Mins Read

     

    पूर्वाञ्चलमा झापा जिल्ला शिक्षा र चेतनाको पहिलो घाम उदाउने जिल्ला हो । पवित्र कनकाई नदीको किनारमा रहेको बन्दमुक्त नगरीको रुपमा मुलुकभरमा मात्र नभएर विदेशमा समेत ख्याति कमाएको सुरुङ्गा शिक्षा क्षेत्रमा धेरै अगाडि छ । उच्च शिक्षाका लागि वर्षौदेखि पूर्वको विर्तामोड वा पश्चिमको दमक जानुपर्ने विद्यार्थीको बाध्यता र नचाहेर पनि बाहिर पठाउनै पर्ने अभिभावकको समस्याका कारण सुरुङ्गामा निजीस्तरबाट सञ्चालित क्याम्पसको आवश्यकता रहँदै आएको परिवेशमा लामो समयदेखि शिक्षाक्षेत्रमा आबद्ध शिक्षाकर्मीहरुको संयुक्त पहलमा २०७४ सालदेखि यहाँ युनिक बहुमुखी क्याम्पस सञ्चालनमा रहेको छ । शैक्षिक धरोहरका रुपमा विकास भइरहेको क्याम्पसको रुपमा युनिकलाई लिन सकिन्छ । यसको शुरुवातदेखि नै क्याम्पस प्रमुखको रुपमा दीपक भट्टराई कार्यरत रहेका छन् । प्रस्तुत छ, क्याम्पसको नेतृत्व सम्हालिरहेका भट्टराईसँग शैक्षिक गतिविधि तथा क्याम्पसको विकासको सेरोफेरोमा गरिएको कुराकानीको सार संक्षेप ः

    युनिक बहुमुखी क्याम्पसको प्रमुखको रुपमा कार्यरत रहनुभएको छ । सुरुङ्गा र यहाँदेखि १० \ १२ किलोमिटरको दूरीमा अन्य क्याम्पसहरु रहेको अवस्थामा नयाँ क्याम्पस संचालनमा ल्याउँनुको उद्देश्य के हुन सक्ला ?

       प्रश्नको लागि धन्यवाद । जनसंख्याको बृद्धि तथा सहरीकरणको क्रमिक विस्तारसँगै शैक्षिक क्षेत्रमा पनि विगत १० \ १२ वर्षको अवधिमा यस क्षेत्रले ठूलो फड्को मारेको छ । यस क्षेत्रबाट वार्षिक रुपमा विभिन्न संस्थागत तथा सामुदायिक विद्यालय गरेर करिव आठ नौ सय विद्यार्थी एस.ई.ईं परीक्षमा उत्तीर्ण हुन्छन् । साथै पाँच छ सयको संख्यामा यस क्षेत्रका विद्यार्थीहरु प्लस टु उत्तीर्ण गर्दै गरेको सन्दर्भमा ठूलो संख्यामा विद्यार्थीहरु उच्च शिक्षा पढ्नका लागि विर्तामोड, दमक तथा अन्य विभिन्न शहरहरुमा जानुपर्ने बाध्यता रहेको छ । तसर्थ यस क्षेत्रको उच्च शिक्षाको सर्वाङ्गीण विकास गर्न, र अनुसन्धानमुलक गुणस्तरीय शिक्षा प्रदान गरी क्षमता युक्त जनशक्तिको विकास गर्नकालागि अभिभावक तथा विद्यार्थीहरुको मागलाई ध्यान दिएर स्थानीय स्तरबाटै यस कलेजको स्थापना गरेका हाँैँ । उत्कृष्ट वाणिज्य शास्त्र अध्ययन गर्ने गन्तब्यको अभावकै कारण लामो दुरी तय गरेर विर्तामोड, दमकसम्म पुग्न लाग्ने समय र जोखिमलाई कम गर्ने सोचका साथ हामीले यस क्याम्पसको स्थापना गरेका हौँ ।

    क्याम्पसमा कुन कुन विषयहरु पढाइ हुन्छन् ?

      हाम्रो मुख्य लक्ष्य पूर्वकै उत्कृष्ट ‘बिजनेश स्कूल’ को रुपमा विकास गर्ने हो । यसका लागि हामीले व्यवस्थापनसँग सम्बन्धित समय सान्दर्भिक विषय तथा तिनको पठन पाठनमा नवीनतम् विधि अपनाउने कार्ययोजना बनाएका छौँ । हाललाई यो क्याम्पसमा व्यवस्थापन संकायमा बि.बि.एस्.का कक्षाहरु मात्र सञ्चालन हुँदै आएका छन् । पहिलो, दोस्रो तथा तेस्रो वर्षमा त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रममा समावेश गरेका नियमित विषयहरु अध्यापन भइरहेका छन् । त्यसैगरी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयहरुमा खोज अनुसन्धान गर्नका लागि प्रेरित समेत गर्दै आइरहेका छौँ ।

    छोटो समयमा विद्यार्थीहरुको मन जित्न सफल हुनु भएको छ , यसको पछाडिका कारण के हुन सक्छन् ?

       महत्वपूर्ण प्रश्न गर्नुभयो । यस क्याम्पस स्थापनाको तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा व्यवस्थापन संकायमा कक्षा ११ र १२ उत्तीर्ण गरेका धेरै विद्यार्थीहरुको रोजाइको केन्द्रविन्दु बनेको कुरा हामीले पनि महसुस गरेका छाँै । हिजोसम्म हामीलाई विद्यार्थी पढाउने मौका दिनुप¥यो भनी अनुरोध गर्दा त्यति धेरै विश्वास नगर्ने अभिभावकहरु पनि आज आएर मेरो छोरा छोरी पनि युनिक कलेजमै पढन पठाउनु प¥यो, पढाइ राम्रो छ रे, भन्दै आउनु हुन्छ । यसरी आफूले गरेको मेहनतको सही मूल्याङ्कन भएको सुन्दा एकदमै खुशी लाग्छ ।
    यसरी हाम्रो क्याम्पस विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्नुका पछाडी केही कारणहरु हुन सक्छन् । मुख्यतः हामी पठन पाठन प्रक्रियामा कुनै पनि सम्झौता गर्दैनौ । हाम्रो पठन पाठनको माध्यम बढी अभ्यासात्मक र व्यावहारिक छ । हामीसँग व्यवस्थापन संकायमा अध्यापन गराउनको लागि एउटा राम्रो सक्षम युवा टिम छ । टिममा रहेका सम्पूर्ण प्राध्यापक साथीहरुले एकदमै मेहनत गरेर अध्यापन गराउनका साथै पढाइका अतिरिक्त विद्यार्थीहरुको आत्मविश्वसको स्तर बढाउनका लागि समयसमयमा समूह विभाजन गरी प्रस्तुतीकरण गर्न लगाउने, खोज अनुसन्धान गरी रिपोर्टहरु प्रस्तुत गर्न लगाउने, नियमित रुपमा आन्तरिक परीक्षा गरी उनीहरुका गल्ती कमजोरीलाई तुरुन्त सुधार गर्न लगाउने, इन्टरनेटको माध्यमबाट विभिन्न विश्वविद्यालयमा विभिन्न प्राध्यापकहरुले तयार पारेका विषयसँग सान्दर्भिक सामग्रीहरुको खोज, अध्ययन गर्न लगाउने, साथै समूह विभाजन गरी समस्याहरुको सही समाधान आफूबाटै निकाल्ने सीपको विकास गर्ने जस्ता गतिविधिले विद्यार्थीहरुको पढाइप्रतिको रुचि तथा गुणस्तरमा अभिबृद्धि गर्न सहयोग पु¥याएको छ । त्यसरी नै समय समयमा बैङ्किङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको विशेष कक्षा, सामाजिक क्षेत्रमा विद्यार्थीहरुको संलग्नता, वर्षैपिच्छे औद्योगिक तथा प्राकृतिक क्षेत्रहरुको भ्रमण र विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुको उत्प्रेरणात्मक कक्षाले विद्यार्थीहरुलाई थप मार्गनिर्देशन गर्नका लागि सहयोग पु¥याएको छ । साथै अर्को महŒवपूर्ण कुरा हामी अन्य प्राइभेट क्याम्पसभन्दा कम शुल्कमा पठन–पाठन गराउँदै आएका छौँ । त्यसरी नै मेहनती र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई विशेष छात्रवृत्ति प्रदान गर्नुका साथै हाम्रा विद्यार्थीहरुलाई उनीहरुको क्षमता अनुसारको रोजगारको अवसर प्रदान गर्नको लागि पनि सहयोग पु¥याउदै आएका छौँ । यी विभिन्न कारणहरुले गर्दा हाम्रो क्याम्पस विद्यार्थीहरुको रोजाइमा पर्न गएको कुरालाई नकार्न सकिन्न । हामीले गर्ने काममा कुनै राजनीतिक हस्तक्षेप हँुदैन । हामी निःस्वार्थ भएर काम गर्छौैं । विद्यार्थीको क्षमता अभिवृद्धि हाम्रो मुख्य काम हो ।

    त्रिभुवन विश्वविद्यालयले निजी क्याम्पसहरुलाई सम्बन्धन दिएपछि तुलनात्मक रुपमा निजी तर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको भन्ने कुरालाई तपाई के भन्नुहुन्छ ?

      त्रिभुवन विश्वविद्यालयले प्राइभेट क्याम्पसहरुलाई सम्बन्धन दिएको कारणले अभिभावक तथा विद्यार्थीहरुलाई गुणस्तरीय उच्च शिक्षा छनोटको पर्याप्त अवसरहरु प्राप्त भएका छन् । जसको कारण विद्यार्थीहरुलाई आफ्नो रुचि क्षमताका आधारमा कलेजहरु छनोट गरी अध्ययन गर्न सहज भएको छ । पब्लिक क्याम्पसप्रति विद्यार्थीहरुको आकर्षण घट्नुका कारण उनीहरु अध्ययन अध्यापनमा उत्तरदायी नभएरै हो । साधन स्रोतहरु पर्याप्त भएतापनि तिनको व्यवस्थित ढंगले परिचालन गर्ने दृढ इच्छाशक्ति नहुनु नै विद्यार्थी घट्नु अर्को कारण हो । समयमै कोर्स नसक्ने, लामो समय क्याम्पस विदा हुने, शिक्षकहरुले पुरा समय कक्षाकोठामा नबिताउने जस्ता कारणले अध्ययन गर्न चाहने विद्यार्थीको रोजाइमा पब्लिक तथा सरकारी क्याम्पसहरु पर्दैनन् । प्राइभेट क्याम्पसहरुलाई राज्यले खासै सहयोग नगरेता पनि सीमित स्रोतसाधनहरुकै भरमा व्यवस्थापकीय कुशलता, विद्यार्थीमैत्री शिक्षण पद्धति र निरन्तर रुपमा शैक्षिक गुणस्तर बृद्धिका लागि क्रियाशिल रहिरहने हुँदा विद्यार्थीहरुको रुचि पब्लिक तथा सरकारी क्याम्पसहरु भन्दा प्राइभेट क्याम्पसतर्फ भएको हो । वास्तवमा प्राइभेट, पब्लिक र आंगिक भनेको वित्तीय व्यवस्थापनको पाटोलाई बढी जोड दिने ढाँचा मात्र हो । आंगिक क्याम्पसमा जागिर खाने प्रवृत्ति बढी पाइन्छ भने पब्लिक क्याम्पसहरु राजनीतिको खेलमैदान बन्ने गरेका छन् । नियमित पठनपाठन, अभिभावकको निगरानी, क्याम्पस सञ्चालकको समर्पण आदिका कारण निजी क्लेज परिणाममुखी भएका हुन् । राजनीतिक खिचातानीले जेलिएको क्याम्पसबाट आफ्ना नानीहरुको भविष्य बन्न सक्दैन भन्ने अभिभावकले बुझ्दै जानुभएको छ  ।

    क्याम्पसको विकास साथै स्तर वृद्धिकालागि तपाईसँग के कस्ता योजना छन् ?

    मैले अघि नै भने, हाम्रो मुख्य उद्देश्य पुर्वकै उत्कृष्ट ‘विजनेश स्कुल’ को रुपमा स्थापित हुनु हो । यसका लागि प्रयोगात्मक अनुसन्धानमुलक शिक्षण विधि अपनाउने हाम्रो कार्ययोजना हो । हामी विद्यार्थीलाई अध्ययनको विशिष्ट अवसर सँग सँगै अन्य क्षमता बृद्धि गर्नका लागि अन्य महत्वपूर्ण अवसरहरु पनि प्रदान गर्दछौँ । हामी क्रमिक रुपमा व्यवस्थापन तर्फका अन्य कार्यक्रम तथा अन्य संकायका कार्यक्रम पनि थप गर्ने योजनामा छौं । त्यसैगरी त्रि.वि.ले स्विकृत दिएका र अभिभावक तथा विद्यार्थीको माग बमोजिमका विषय तथा संकायहरु क्रमशः थप्दै जाने योजना समेत रहेको छ । हाम्रो उद्देश्य विद्यार्थीहरुले यस कलेजबाट उत्तीर्ण गरेपछि अध्ययन ‘सर्टिफिकट’ मात्रै नलैजाउन् भन्ने हो । व्यवस्थापनको क्षेत्रमा आवश्यक नेतृत्व क्षमता, निर्णय लिन सक्ने क्षमता, सामूहिक सहकार्य सम्बन्धी ज्ञान तथा सीपहरु पनि लिएर जाउँन् भन्ने हो र यसैका लागि हामी दत्तचित्त भएर लागि रहेका छौँ ।

    अन्त्यमा केही भन्नु छ कि ?
    भनिन्छ नि ‘हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ’ । हामीले अहिले केही शुरुवातका पाइलाहरु अघि बढाएका छौँ । अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्बन्धित सरोकार राख्ने महानुभावहरुको सल्लाह सुझावलाई शिरोधार्य गरेर अघि बढ्न कटिबद्ध छौँ । कलेज विद्यार्थीहरुको दोस्रो घर हो । कलेजमा अध्ययन अनुसन्धान सँगसँगै व्यवहारपयोगी सीप तथा क्षमताहरु हासिल गर्न सक्छन् । हामी विद्यार्थीहरुसँग अध्ययन अनुसन्धान सम्बन्धि विविध विषयहरुमा निरन्तर सम्वाद पनि गरिरहन्छौँ जसको कारण क्याम्पसको पठन पाठन समयअनुकुल परिमार्जन गरी विद्यार्थी मैत्री बनाउन सकियोस् । नवीनतम विषय तथा पठन पाठन प्रणालिका आधारमा अध्ययन अध्यापन गराउन हामी जहिल्यै पनि तयार छौँ र यही नै युनिक बहुमुखी क्याम्पसको अरु क्याम्पसहरु भन्दा फरक विशेषता हो । हामी युनिक बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै शैक्षिक धरोहर र विद्यार्थी तथा अभिभावकको आशा र भरोसायुक्त शैक्षिक संस्थाको रुपमा विकास गर्न चाहन्छौं । यस क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीहरू राज्यको विभिन्न उच्च तह र तप्कामा रहेर काम गर्न सक्ने बनून् भन्ने हाम्रो चाहना छ ।
    अन्त्यमा, हाम्रो क्याम्पसलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउनका लागि सहयोग गर्नुहुने यस क्षेत्रका बुद्धिजीवी, शिक्षाप्रेमी, सल्लाहकार, महानुभाव तथा प्यारागन एकाडेमीलाई हामी धन्यवाद प्रकट गर्दछौँ । हामीलाई विश्वास गरेर यस क्याम्पसमा आफ्ना नानीहरु पढ्न पठाउनुहुने सम्पूर्ण अभिभावकज्यूहरुलाई धन्यवाद सहित यस क्याम्पसलाई अझै गुणस्तरीय र समय सापेक्षसँगै पूर्व क्षेत्रकै उत्कृष्ट नमुना क्याम्पसको रुपमा विकास गर्दै लैजाने कुरामा विश्वस्त पार्न चाहन्छु ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.