Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वर्णाकार समाज झापाको नयाँ समितिले लियो सपथ, अध्यक्षमा अनिल
    समाचार

    स्वर्णाकार समाज झापाको नयाँ समितिले लियो सपथ, अध्यक्षमा अनिल

    कनकाई खबरBy कनकाई खबर२०८० भाद्र १, शुक्रबार १२:०३ गते3 Mins Read


    कनकाई खबर \ नेपाल स्वर्णाकार समाज झापाको सपथ ग्रहण, विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई–४, कोटीहोम स्थित निरौला बन्धुको सभाहलमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले पदभार सहित सपथ ग्रहण गरेको हो । आगामी दुई वर्षे कार्यकालकालागी यस अघि नै भएको साधारण सभामा अध्यक्ष बाहेकका अन्य सबै पदहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको थियो ।


    समाजको सर्वसम्मत नेतृत्व चयनकालागी उपेन्द्र प्रधानको संयोजकत्वमा मनोज रौनियार सदस्य रहेको निर्वाचन मण्डलले हदैसम्मको प्रयास गरेपनि सर्वसम्मत हुन नसकेपछि दुई महिना अघि नै गत जेठ ३२ गते अध्यक्ष पदकालागी निर्वाचन भएको थियो । स्वर्णाकार समाजका तर्फबाट अध्यक्ष पदकालागी ३ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए । अध्यक्ष पदकालागी उम्मेद्वारी दर्ता गराउँनेहरुमा क्रमशःअनिलकुमार शाह, विजय श्राफ र शिवनाथ शाह रहेको निर्वाचन समितिका संयोजक उपेन्द्र प्रधानले जानकारी दिए । तीन जना विच भएको निर्वाचनमा अनिलकुमार शाहले सबैभन्दा बढी मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । विर्तामोडको हिकोलाहेरिटेज नजिकैको रुद्र मार्केटमा लक्ष्मी भेराइटिज संचालन गर्दै आएका शाह पछिल्लो समय सामाजिक क्षेत्रमा समेत त्यत्तिक्कै क्रियाशिल हुँदै आएका छन् ।

    नव निर्वाचित अध्यक्ष शाहसँगै १५ सदस्यीय कार्यसमितिले पूर्णता पाएपछि एक विशेष समारोहका विच कोटीहोम क्षेत्रमा पद तथा सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा ललितकुमार शाह, उपाध्यक्षमा दिनेश शाह, महासचिवमा किशनकुमार सोनी, सचिवमा चन्दन शाह र कोषाध्यक्षमा निरन्जन शाह सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ । समाजको सदस्यहरुमा क्रमशःमहिला सदस्यमा अनिशा शाह र रिनादेवी शाह साथै अन्य सदस्यहरुमा कनैया शाह, दिपककुमार शाह, शुभम शाह, विनय गुप्ता, अभिषेक श्राफ, आशिस सोनी, श्रावनकुमार शाह चयन भएको बताइएको छ । नवनिर्वाचित अध्यक्ष शाहलाई संस्थापक अध्यक्ष कृष्ण श्राफले सपथ खुवाएका थिए भने अन्य पदाधिकारी सहित सदस्यहरुलाई अध्यक्ष शाहले सपथ खुवाएका थिए ।


    नवनिर्वाचित अध्यक्ष अनिलकुमार शाहको सभापतित्व रहेको कार्यक्रममा कनकाई छठसेवा समाजका अध्यक्ष राजकिशोर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सहित कार्यसमितिको सफलताको कामना गर्दै प्रमुख अतिथी चौधरीले स्वर्णाकार समाज झापाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए ।


    समाजका संस्थापक अध्यक्ष कृष्ण श्राफले स्वागत तथा वरिष्ठ उपाध्यक्ष ललितकुमार शाहले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा झापा जिल्लाको विभिन्न स्थानमा बसोबास गर्दै आएका स्वर्णकार जातीहरुको सभागीता रहेको थियो ।संस्थापक अध्यक्ष समेत रहेका श्राफले स्वर्णाकार जातीहरुको एकता र सद्भावकालागी पाँच वर्ष अघि अत्यन्तै मिहिनेतका साथ स्थापना गरिएको संस्थाले आगामी दिनमा थप रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिए । संस्थापक अध्यक्ष श्राफले स्थापनाकालदेखी नै संस्थाले जमिनको व्यवस्थापन गरेर एउटा सामुदायिक भवन निर्माण गर्ने उद्येश्य राखेको जानकारी दिए । जसलाई पूर्णता दिनकालागी संस्थापक अध्यक्षकै संयोजकत्वमा भवन निर्माणकालागी जमिन व्यवस्थापन उपसमिति निर्माण गरिएको बताइएको छ । सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि संचालन गर्दै आएको संस्थाले आगामी दिनमा स्वर्णाकार समाज अन्तर्गतका महिला साथै युवा समूहलाई समेत संगठित गरेर अघि बढ्ने जनाइएको छ ।


    कार्यक्रमका अवसरमा स्वर्णाकार समाज अन्तर्गत झापाका विभिन्न शाखामा आवद्ध रहेका अग्रज व्यक्तित्वहरुलाई विशेष सम्मान गरिएको संस्थाका महासचिव किसनकुमार सोनीले जानकारी दिए। सम्मानकै क्रममा निवर्तमान अध्यक्ष जयप्रकाश शाहलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई छठसेवा समाजका अध्यक्ष राजकिशोर चौधरीको हातबाट सम्मान गरिएको थियो भने वर्तमान अध्यक्ष अनिलकुमार शाहलाई संस्थापक अध्यक्षको हातबाट सम्मान गरेको महासचिव सोनीले जानकारी दिए । यसैगरी संस्थाको सल्लाहकारका रुपमा निवर्तमान अध्यक्ष जयप्रकाश शाह र देवचन शाहलाई चयन गरिएको बताइएको छ । औपचारिक कार्यक्रमको संचालन महासचिव सोनीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.