Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनुचित कर वृद्धि नगर्न स्थानीय सरकारलाई एमाले झापाको आग्रह
    राजनीति

    अनुचित कर वृद्धि नगर्न स्थानीय सरकारलाई एमाले झापाको आग्रह

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण ३१, बुधबार १७:२३ गते3 Mins Read

    झापा \ नेकपा एमाले झापाले जिल्लाका सबै स्थानीय सरकारहरुलाई कर वृद्धि नगर्न आग्रह र अपील गरेको छ । केन्द्र सरकारको कारण हरेक क्षेत्रमा दुःख पाइरहेका जनतालाई थप दुख नदिन एमालेले आग्रह गरेको हो ।

    आज बुधबार पार्टीको धारणा सार्वजनिक गर्दै नेकपा एमाले झापाले नागरिकको चरम असहमति समेत देखिएकाले तत्काललाई कर वृद्धि नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । ‘कर वृद्धि नगर्नु, वृद्धि गरिएको भए करमा पुनरावलोकन गर्नु’ एमालेले सुझाएको छ ।

    पाँच बुँदे धारणा सार्वजनिक गर्दै एमालेले कोभिड महामारी र आर्थिक मन्दीबाट गुज्रिएका नागरिकलाई करले थप तनाव दिएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको छ । केन्द्र सरकारले स्थानीय तहहरु माथि ज्यादती गरिरहेको र संघीयताको भावना र मर्म अनुरुप काम गर्न समेत नदिएको बेला कर वृद्धि गर्नु पालिकाको बाध्यता भए पनि यो बेला उचित नभएको एमालेको ठहर छ ।

    पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले हस्ताक्षर गरी जारी गरिएको आह्वानमा भनिएको छः

    १. कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले देश गम्भीर अवस्थाबाट गुज्रिएको छ । सत्ताको बागडोर सम्हालेका नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य साझेदारहरु राष्ट्रिय संकटको यस्तो जटिल समयमा पनि सत्ता स्वार्थको खेलमा केन्द्रीत रहेका छन् । देश दिनप्रतिदिन जटिलता तर्फ उन्मुख भइरहँदा पनि वर्तमान सरकार राष्ट्र र जनताप्रति गैर जिम्मेवार रुपमा प्रस्तुत भईरहेको छ । आर्थिक क्षेत्रलाई तहसनहस बनाइरहेको सरकार भ्रष्ट्राचारमा मात्रै केन्द्रीत छ । जसका कारणले जनताको नजिकको सरकार स्थानीय तह समेत प्रभावित हुने अवस्थामा पुगेका छन् ।

    २. केन्द्र सरकारले स्थानीय सरकारलाई पठाउनु पर्ने अनुदानका कार्यक्रमहरु कटौती गर्दै जनताको नजिकको सरकारलाई कमजोर बनाउने काम गलत भइरहेको छ । आर्थिक रुपमा आम नागरिक आफ्नो दैनिक जिवन चलाउन सकिरहेका छैनन् । कर्मचारीले समयमा तलब सुविधा पाउने अवस्था छैन । महंगीले नागरिक आक्रान्त बनेको छ । सरकार जनताको यस प्रकारको समस्याबाट भागिरहेको छ ।

    ३. यता, स्थानीय सरकार स्रोत साधन व्यवस्थापनका लागि कर वृद्धिमा केन्द्रीत भई आम नागरिकलाई करको भार बोकाउन बाध्य हुनु परेको छ । कोभिड महामारी र त्यसपछि आर्थिक मन्दीबाट प्रभावितहरु उठ्न प्रयास गरिरहेको बेला झापाका कतिपय स्थानीय तहले गरेको कर वृद्धि प्रति हाम्रो पार्टी नेकपा एमाले जिल्ला कमिटी झापाको गम्भीर ध्यानाकर्षण भएको छ । यस परिस्थितीमा करको दायरा बढाउदै चुहावट रोक्नु उत्कृष्ट विकल्प हुनेछ । त्यस तर्फ पालिकाहरुको ध्यानाकर्षण समेत गराउन चाहन्छौ ।

    ४. सरकारले रोजगारीको सिर्जना गर्न नसक्नु, सुशासन र विकासलाई अपेक्षित रुपमा अगाडि बढाउन नसक्दा जनता निराश भईरहेका छन् । यो प्रतिकूल समयमा स्थानीय तहहरुबाट समेत करको बृद्धि र विस्तारबाट जनता थप संकटमा पर्ने हाम्रो पार्टीको बुझाई छ ।

    ५. केन्द्र सरकारको रवैयाले संकटग्रस्त बनेको अवस्थामा आम नागरिकहरुको भावनालाई समेत मध्यनजर गर्दै कर वृद्धि नगर्न र वृद्धि गरिएको करमा पुनरावलोकन गर्न आग्रह गर्दछौ । कानुनत करका दायरा क्षेत्रको पहिचान गरि कर चुहावटलाई नियन्त्रण गर्दै आर्थिक रुपमा सक्षम दिगो र नागरिकप्रति जवाफदेही स्थानीय सरकार निर्माण गर्न सबै स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाहरुसँग अपिल गर्दछौ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.