Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजश्व वृद्धि घटाउँन कनकाई नगरपालिकाको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र
    समाचार

    राजश्व वृद्धि घटाउँन कनकाई नगरपालिकाको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण ३१, बुधबार १६:०९ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा विभिन्न शिर्षकमा अत्यधिक मात्रामा राजश्व वृद्धि भएको जनगुनासो आएसँगै स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरुले केन्द्र सरकारका प्रमुख सहित अन्य मन्त्रालयहरुको समेत ध्यानाकर्षण गराएका छन् ।


    स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी सहितको उच्चस्तरीय टोलीले आज बुधबार प्रधानमन्त्री पुष्पकमल दहाललाई ज्ञापन पत्र बुझाउँदै ऐलानी प्रति जग्गाको राजश्व घटाउन माग गरेका छन् /


    जग्गा वर्गीकरणमा तोकिएको राजश्व दर उच्च भएको भनेर कनकाई नगरवासी सर्वसाधारणहरूले गरेको गुनासोलाई सम्बन्धित निकायमा नै सम्बोधन गराउने उद्देश्यले नगरपालिकाको टोली राजधानी तर्फ लागेको कनकाई नगर प्रमुुुुुुख पोखरेलले जानकारी दिए । विभिन्न कानुनी मापदण्ड खडा गरेर तोकिएको राजश्व स्थानीय सर्वसाधारणले तिर्न नसक्ने अवस्थाको भएकाले जग्गा वर्गीकरण तथा जग्गा वितरण कार्यान्वयन गर्न कठिनाइ भएको भन्दै कनकाईको टोली राजधानी तर्फ लागेको नगर प्रमुख पोखरेलले कनकाई खबरलाई बताए ।


    केन्द्र सरकारले राजश्व समायोजन गरेर नागरिकको मागलाई सम्बोधन गर्नु पर्ने जानकारी गराउँदै टोलीले आज बुधबार प्रधानमन्त्री दहाललाई ज्ञापन पत्र बुझाउँनुका साथै थप समसामयिक विषयमा प्रष्ट पारेको नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले जानकारी दिएकी छन् ।


    नगरपालिकाको टोलीले यस अघि सरकारको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ साथै सभामुख देवराज घिमिरेलाई समेत ज्ञापन पत्र बुझाएको छ ।मन्त्री श्रेष्ठसहित प्रधानमन्त्री दहालले समेत कनकाई नगरपालिकाको मात्रै नभएर यो देशभरीकै समस्या भएको भन्दै समस्या समाधान गर्न सकारात्मक देखिएको कनकाई वडा नं. —४ का वडाअध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।


    केन्द्र सरकारको ध्यानाकर्षण गराउँन गएको कनकाईको उच्चस्तरीय टोलीमा नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, माओवादीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, राप्रपाका ख्यामराज कार्की, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी, कनकाई नगरपालिका वडा नं.४ का अध्यक्ष रोशन सुवेदी , वडा नं. ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, समाजसेवी ओम पाठक, कनकाई नगरपालिका १ की वडासदस्य निर्मला खडका, वडा नं. ४ का वडासदस्य मोहन संग्रौला, कर्मचारी लक्ष्मी अधिकारी, अमिन राज निरौला लगायत रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.