Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजश्व वृद्धिको ध्यानाकर्षण गराउँदै कनकाईको उच्चस्तरीय टोली सिंहदरवारमा
    समाचार

    राजश्व वृद्धिको ध्यानाकर्षण गराउँदै कनकाईको उच्चस्तरीय टोली सिंहदरवारमा

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण ३०, मंगलवार १४:४३ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा राजश्वमा भएको अत्यधिक वृद्धिलाई राज्यबाट पुनर्मुल्याङकन हुनु पर्ने भन्दै नगरबासीबाट आएको सुझावलाई सम्बोधन गर्दै नगरपालिकाको उच्चस्तरीय टोली सिंहदरबार पुगेको छ ।

    उच्चस्तरीय टोलीमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी सहित कनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदी, वडा नं.८ मा वडाअध्यक्ष लीलावहादुर कटुवाल, वडासदस्य निर्मला खड्का, मोहन संग्रौला सहित कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु रहेका छन् । टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई साथै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।टोलीले भोली बुधबार प्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड) लाई समेत भेट्ने कार्यक्रम तय गरेको बुझिएको छ ।


    कनकाई नगरपालिकामा भएको अत्यधिक राजश्व वृद्धिका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै विद्यमान ऐन, कानुन तथा नियमावली संसोधन गरी हाल व्यवस्था भएको दररेटमा ८० प्रतिशत राजश्व घटाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरियोस भन्ने मागसहित ज्ञापन पत्र बुझाएको बताइएको छ ।

    कनकाईमा ऐलानी प्रति जग्गा जोतभोग गर्ने सुकुम्बासी, राजनैतिक दल तथा नागरिक समाज सहित नगरपालिकाको कार्यपालिका समेतको तर्फबाट वर्तमान राजश्वलाई ८० प्रतिशत घटाई निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउँनकालागी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । विगतका विभिन्न आयोगहरुबाट सुकुम्बासीहरुलाई निःशुल्क तथा अतिन्यून राजश्व लिई जग्गा धनीपूर्जा वितरण गर्दै आईरहेको भएपनि पछिल्लो समय परिस्थिती असहज बन्दै गएपछि सर्वसाधारणमा अन्यौल उत्पन्न भएको थियो ।


    वर्तमान अवस्थामा गरिएको विभिन्न कानुनी मापदण्डका कारणले जग्गा धनी प्रमाणपूर्जा प्राप्त गर्न असम्भव हुन थालेपछि सरकारप्रति सर्वसाधारणको नजर फरक हुन थालेको थियो । जसको प्रमुख कारण नागरिकले बुझाउनु पर्ने राजश्व नै हो । हाल भूमिहीन तथा दलित सुकुम्बासीले प्राप्त गर्ने जग्गा खेतीयोग्य जमिन ६ कठ्ठा र बसोवासको अधिकतम ०–१–१० हुने हुँदा जसले सो भन्दा बढी जग्गा जोतभोग गरेको छ उसले अव्यवस्थितमा रुपान्तरण हुनु पर्ने भएकोले आज ऐन एवं कानुनले तोकिएको दररेटमा उसले जोतभोग गरेको जग्गा प्राप्त गर्न प्रायः असम्भव भएको हो । जसलाई सहजीकरण गर्न मन्त्रालय गएको कनकाई नगरपालिकाको टोलीबाट नागरिकलाई सम्बोधन हुने कुरामा विश्वास गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.