Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रविधिमैत्री बन्दै कनकाई क्याम्पस सुरुङ्गा
    कनकाई खबर बिशेष

    प्रविधिमैत्री बन्दै कनकाई क्याम्पस सुरुङ्गा

    ramBy ram२०७६ भाद्र ६, शुक्रबार ०८:४२ गते2 Mins Read

    कनकाई खबर डेक्स / यसै शैक्षिक सत्रदेखी यातायातको समेत सुविधा भएको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा अब पूर्ण अंग्रेजी माध्यममा स्नातक तहका कक्षाहरु सञ्चालन हुने भएका छन् ।

          बिगत २९ वर्षदेखि सुन्दर, शान्त र स्वच्छ वातावरणमा प्रबिधि मैत्री अध्ययन अध्यापन हुँदै आएको कनकाई बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रदेखीको विद्यार्थी भर्ना अभियानलाई फरक ढङ्गले संचालन गरेको छ । उत्कृष्ट विद्यार्थीको छनौट गरेर मात्र भर्ना गर्ने योजनाअनुसार क्याम्पसले प्रवेश परीक्षा लिने पहिलो अभ्यास गरेको भन्दै स्थानीय सरोकारवालासहितको पत्रकार भेटघाट कार्यक्रममा क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीले कनकाई बहुमुखी क्याम्पसलाई देशकै उच्च शिक्षा हाँसिल गर्ने एक नमुना क्याम्पसका रुपमा विकास गर्ने बताएका छन् । आगामी दिनमा क्याम्पसको शैक्षिक दक्ष जनशक्तिलाई स्वरोजगार बनाउँने कार्यमा क्याम्पसका तर्फवाट सहजीकरण गर्दै जाने जानकारी दिँदै क्याम्पस प्रमुख उप्रेतीले विगत र भावी योजनाका वारेमा स्थानीय विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुसँग समेत विभिन्न चरणमा अन्तरक्रिया गर्दै आएको बताएका छन् ।

        क्याम्पसमा स्नातक तहका मानविकी, शिक्षा तथा व्यवस्थापन संकायमा नेपाली माध्यमका साथै अंग्रेजी माध्यमवाट पनि पठनपाठन गरिने भएको वताइएको छ । सामुदायिक क्याम्पसको रुपमा २०४७ सालमा स्थापित उक्त क्याम्पसमा सिसि क्यामराद्वारा अनुगमन हुँदै आएको छ । गुणस्तरीया शिक्षाकालागि सुविधा सम्पन्न कम्प्युटर ल्याब, अत्याधुनिक किसिमको पुस्तकालयवाट विद्यार्थीहरुले भरपुर फाइदा लिँदै आएको बताउँदै सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँले विगतलाई मुल्यांकन गर्दै आगामी दिनमा क्याम्पसको शैक्षिक विकासकालागि जोड दिने वताएका छन् ।

         हाल विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन सुरुङ्गाका सबै संघसंस्थालाई ५ / ५ जना, क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई २ / २ जना, प्राध्यापक तथा कर्मचारीलाई १ / १ जना, क्याम्पस सभाका सदस्यहरुलाई २ / २ जना, एक जनप्रतिनिधि १ जना, एक विद्यार्थी संगठन पाँच नयाँ विद्यार्थीको दरमा नयाँ विद्यार्थीको खोजीमा लाग्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको क्याम्पसले जनाएको छ । भर्ना अभियानलाई तीव्रता दिँदै यस शैक्षिक सत्रमा स्नातक तहमा मात्र नयाँ विद्यार्थी ६ सय बढीको भर्ना गर्ने योजना रहेको वताइएको छ । भर्ना अभियानमा आर्थिक रुपले विपन्न भएका विद्यार्थीहरुलाई समेत सहज हुने गरी कार्ययोजना निर्माण गरिएको वताइएको छ ।

        अन्तरक्रिया कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य खगेश्वर उप्रेती, लेखा समिति सदस्य सागर ढुंगाना, अंग्रेजी विभाग प्रमुख हरिप्रसाद तिम्सिना, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटीका उपाध्यक्ष रविन्द्र गुप्ता लगायतले बोलेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.