Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिक्षा विद्येयकका विरोधमा निजी विद्यालयका संचालक आन्दोलित
    शिक्षा

    शिक्षा विद्येयकका विरोधमा निजी विद्यालयका संचालक आन्दोलित

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २६, शुक्रबार ०२:११ गते3 Mins Read


    कनकाई खबर \ निजी विद्यालय ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा जानैपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधान परिवर्तन गर्न माग गर्दै कनकाई नगर क्षेत्रका निजी विद्यालयका सञ्चालकहरूले सरकारलाई दबाब दिएका छन् ।

    सञ्चालकहरूको छाता संस्था प्याव्सन साथै एनप्याव्सनका कनकाई नगर समिति अध्यक्षद्वय विनोद सुव्वा र अशोक न्यौपानेले संयुक्त रुपमा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र स्थानीय सरकार कनकाई नगरपालिकाको शिक्षा शाखा प्रमुख पिताम्बर गौतमलाई हस्तान्तरण गर्दै सरकारलाई दबाब दिएका हुन् । ध्यानाकर्षण पत्र बुझाउँदै निजी विद्यालयहरुको संस्थाले विधेयकको व्यवस्था परिवर्तन नभए केन्द्रको निर्देशनमा बाध्यात्मक परिस्थितीमा अनिश्चितकालीन विद्यालय बन्द सम्मको आन्दोलनका कार्यक्रम गर्नुपर्ने चेतावनी दिएका छन् ।


    गत साता मन्त्रि परिषद्बाट पास गरेर संसदमा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी विद्यालय ५ वर्ष भित्र निजी वा सार्वजनिक गुठीमा रूपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छ । निजी लगानीका विद्यालय पनि सेवामूलक उद्देश्यले शैक्षिक गुठीबाट मात्रै स्थापना गर्न पाइने विधेयकमा उल्लेख छ । निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, एनप्याब्सन र हिसानले भने विधयेकका यी व्यवस्था सरकारले सच्याउनु पर्ने माग अघि सारेका छन् । कम्पनी ऐन अन्तर्गत खुलेका विद्यालय सोही व्यवस्थाअनुसार सञ्चालन हुन पाउनु पर्ने संचालकहरुको भनाइ छ ।


    कनकाई नगर क्षेत्रका सम्पूर्ण निजी विद्यालयका संचालकहरुको उपस्थितीमा ध्यानाकर्षण पत्र बुझाउँदै प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेती, एनप्याब्सनका झापा जिल्ला सचिव ओमविक्रम नेम्माङ्, प्याव्सनका जिल्ला सहकोषाध्यक्ष हरिप्रसाद फुयाल, नगर समितिका अध्यक्षद्वय विनोद सुव्वा र अशोक न्यौपाने, सल्लाहकार संयोजक अखिल कोइराला लगायतले सरकारले विधेयकमा गरेको व्यवस्था अलोकतान्त्रिक भएको बताएका छन्। ‘शैक्षिक गुठीमा रूपान्तरित हुनकालागि प्रोत्साहन गर्नुपर्नेमा सो सम्बन्धमा आवश्यक ऐन प्रावधानहरू नै तयार नगरी हठात् रूपमा ५ वर्षभित्र दायित्व फरफारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनुपर्ने बाध्यात्मक प्रावधान संविधानको मर्म र भावना विपरीत अलोकतान्त्रिक, अव्यावहारिक र अन्यायपूर्ण भएको जनाइएको छ ।


    छलफल, विचार विमर्शबिनै सरकारले एकपक्षीय रूपमा विधेयक अघि बढाएकोमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका संचालकहरुले मन्त्रिपरिषद्ले नै विधेयक फिर्ता लिनुपर्ने वा उक्त व्यवस्था हटाएर मात्रै संसद्मा पेस गर्नु पर्नेमा जोड दिएका छन् ।


    प्याव्सनका केन्द्रिय सदस्य समेत रहेका पशुपति अंग्रेजी मावि सुरुङ्गाका संचालक एवं प्रिन्सिपल एल.पी.उप्रेतीले ०५८ सालमा सरकारकै आग्रहमा निजी विद्यालयलाई कम्पनीमा लगिएको बताए । त्यस अघिसम्म तत्कालीन जिल्ला शिक्षा कार्यालयमा दर्ता भएर विद्यालय सार्वजनिक निकायको रूपमा मात्रै स्थापना गर्ने व्यवस्था थियो । ‘कम्पनीमा गएर राज्यलाई कर तिरिराखेका छौं । निजीकै दबाबमा सरकारी विद्यालय पनि सुधार भएका छन्,’ प्याव्सनका केन्द्रिय सदस्य उप्रेतीले भने, ‘अहिले आएर संसारभर चलेको कम्पनी मोडेललाई मास्ने र हाम्रो सम्पत्तिलाई सार्वजनिक बनाउने कुरा असम्भव हो ।’ मुलुकभर संचालनमा रहेका ७ हजार ५ सय २३ निजी विद्यालयहरुमा ३० लाख बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् भने सरकारले रोजगार दिन नसकेका हजारौं दक्ष जनशक्तिलाई स्वरोजगार बनाउँदै आएको निजी विद्यालयको कार्यप्रति राज्य सकारात्मक हुनुपर्नेमा यत्रो ठूलो शैक्षिक जनशक्तिलाई आन्दोलित बनाउँनु सरकारको ठूलो भूल भएको निजी विद्यालयका संचालकहरुको बुझाई छ ।


    एनप्याब्सनका जिल्ला सचिव एवं फक्तालुङ एजुकेशन फाउण्डेशनका संस्थापक प्रिन्सिपल ओमविक्रम नेम्माङले निजी विद्यालय नै मासिए शैक्षिक गुणस्तर अझै खस्कने दाबी गरे । ‘पैतृक सम्पत्ति बेचेर, बैंकबाट ऋण लिएर विद्यालय सञ्चालन गरेका छौं । सरकारको कुनै सहयोग छैन,’उनले भने, ‘अहिले आएर शैक्षिक गुठीमा लैजाने व्यवस्था विभेदकारी छ ।’ ‘शिक्षालाई मर्यादित, व्यवस्थित, प्रविधिमैत्री, बनाउँदै आएका निजी विद्यालयहरूको मर्म र योगदानको प्रतिकूल असर पर्ने यस्ता विधेयकहरू समयमा नै संशोधन हुनु पर्नेमा जोड दिँदै संचालकहरुले निजी लगानीको संरक्षण र संवद्र्धनको सुनिश्चिततामा सरकारको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिए । विधेयकले निजी लगानी र व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानको अस्तित्व मेटाउँन खोजेको निजी विद्यालयका संचालकहरुको ठहर छ ।


    ध्यानाकर्षण पत्र बुझ्दै कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले शैक्षिक जनशक्तिलाई सरकारले चाँडै सम्बोधन गर्ने कुरामा आँफू आशावादी भएको बताउँदै कुनै पनि समस्याको समाधान संवादबाट खोजीनु पर्नेमा जोड दिए । निजी विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाप्रति कनकाई नगरपालिका सकारात्मक रहेको भन्दै शिक्षा शाखा प्रमुख गौतमले आफूले प्राप्त गरेको ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा सर्कुलर गर्ने जानकारी दिए । साथै जुनसुकै क्षेत्रबाट पनि बन्द निषेधित कनकाई नगरमा बन्दको आह्वान नगरिदिन समेत शिक्षा शाखा प्रमुख गौतमले सरोकारवालाहरुलाई अनुरोध गरे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.