Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको डेंगी नियन्त्रण अभियान
    समाचार

    कनकाईको डेंगी नियन्त्रण अभियान

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २५, बिहीबार १५:२९ गते2 Mins Read


    कनकाई खबर \ डेंगी ‘खोज र नष्ट गर’ अभियानमा यतिबेला कनकाई नगरपालिकामा अभियान सुरु भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाको सभा हलमा एक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेसँगै नगरका वडाहरुमा डेंगी विरुद्धको अभियानलाई तिब्रता बनाइएको हो ।


    यसै क्रममा आज विहिबार कनकाईको वडा नं.४ र वडा नं.८ मा सचेतनामूलक कार्यक्रमसहित अभियान संचालन गरिएको छ । वडा नं.४ मा वडाअध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा साथै वडा नं.८ मा वडाअध्यक्ष लिलावहादुर कटुवालको अध्यक्षतामा अभियानको सुभारम्भ भएको नगरपालिकाकी स्वास्थ्यकर्मी टिकामाया दवाडीले जानकारी दिएकी छन् ।


    समुदायमा डेंगी संक्रमण बढ्ने जोखिम रहेको भन्दै कनकाई नगरपालिका क्षेत्रमा डेंगी विरुद्धको अभियान तिव्र पारिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । वडा नं.—४ मा संचालन भएको अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले डेंगी सार्न सक्ने लामखुट्टेको सम्भावित वासस्थान भएका पुराना टायर, ड्रम लगायतमा संचित गरिएका पानी पोखिनुका साथै स्वास्थ्य सचेतना सञ्चालन सुरु गरिएको नगर प्रमुख पोखरेलले बताए ।


    ‘खोज तथा नष्ट गर’ कार्यको प्रारम्भ गर्दै कनकाई नगर प्रमुख पोखरेलले डेंगीबाट जोगिन नागरिक स्वयम् सजग हुनेपर्नेमा जोड् दिए । ‘सूरुवात भएको छ । यो एउटा सांकेतिक कार्यक्रम मात्रै हो । हामीले यसलाई घर तहसम्म अभियानकै रुपमा सञ्चालन गर्नेछौँ, नगर प्रमुख पोखरेलले भने, ‘डेंगी रोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले अघिल्ला वर्षाहरु झैं यस पटक फगी स्प्रे (धुँवा उढाउँने काम) नगर्ने जानकारी दिए । ‘खोज तथा नष्ट गर’ अभियान टोल टोलमा सञ्चालन गरिने जानकारी दिँदै कनकाई नगरपालिका जनस्वास्थ्य प्रमुख नारायण अधिकारीले ज्वरो आउने वित्तिकै स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधी नखान नगरबासीलाई आग्रह गरेका छन् ।


    डेगीं विरुद्धको अभियान पालिकाले स्वास्थ्य शाखा मार्फत सबै वडाका टोल टोलमा सञ्चालन गर्ने भएको छ । अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधि, टोलविकास समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मीसहितको सहभागीता रहने नगर स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दंगालले जानकारी दिए । राष्ट्रिय अभियानसंगै डेगीं विरुद्ध ‘खोज र नष्ट गर’ अभियान समुदाय स्तरमै सुरुवात गरिएको स्वास्थ्य शाखा प्रमुख दंगाल बताउँछन् ।
    कनकाई नगरपालिकाले सबै जसो वडाहरुमा डेगीं पहिचान गरेर नष्ट गर्ने र घर घरमा सन्देश पु¥याउनकोलागि विद्यालय, स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायहरुसंँग छलफल अन्तरक्रिया कार्यक्रमहरु समेत संचालन गर्दै अघि बढ्ने जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.