Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सफलताको बाटोमा माइधारस्थित मेची अंग्रेजी माध्यमिक विद्यालय
    शिक्षा

    सफलताको बाटोमा माइधारस्थित मेची अंग्रेजी माध्यमिक विद्यालय

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २४, बुधबार १५:२५ गते3 Mins Read


    कनकाई खबर \ झापाको शिवसताक्षी —१० स्थित मेची अंग्रेजी माध्यमिक विद्यालयको गुणस्तरीय शिक्षाप्रति आकर्षित बन्दै दाताहरुबाट अक्षयकोष स्थापना हुन थालेपछि विद्यालय थप सफलता तर्फ अघि बढ्दै गएको छ ।

    लामो समयदेखी शिक्षा क्षेत्रमा अनुभव प्राप्त संचालक एवं कार्यरत जनशक्तिको निरन्तर प्रयासपछि विद्यालयले गुणस्तरीय शिक्षामा फड्को मार्दै आएको हो । विद्यालयको प्रगतिप्रति प्रभावित भइ वैदेशिक रोजगारीका शिलसिलामा हाल अष्ट्रेलिया बस्दै आएका पूर्णवहादुर कार्की र चन्द्रमाया कार्कीले आफ्ना आमाबुबा स्व.धनरुपा र बलबहादुर कार्कीको स्मृत्तिमा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको विद्यालयका प्रिन्सिपल पदम कुँवरले जानकारी दिए । यसै शैक्षिक सत्रबाट स्थापना गरेको स्व.धनरुपा ÷बलबहादुर स्मृत्ति छात्रवृत्ति कोषबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत एकजना विपन्न वर्ग र समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रिन्सिपल कुँवरले बताए । कार्की दम्पतिबाट पहिलो चरणमा १ लाख ८१ हजारको अक्षयकोष स्थापना भएको बताइएको छ ।सोही अक्षयकोषबाट यसपटक कक्षा ४ मा अध्ययनरत विद्यार्थी यूनिशा श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरिएको हो ।


    त्यस्तै विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी प्रणयराज भण्डारीको २०७१ मा निधन भएपछि शिवसताक्षी वडा नं.९ निवासी स्व.प्रणयराजका बुबा पवनराज र आमा अनिता चौहान भण्डारीले छोराको स्मृत्तिमा “प्रणयराज स्मृत्ति छात्रवृत्ति कोष” स्थापना गरेका छन् । छोरा प्रणयको सम्झना सधैं–सधैं ताजा राख्नकालागी बुबाआमाले हरेक वर्ष तत्कालिन समयमा आफ्नो छोरो सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत भएकाले हरेक वर्ष सोही कक्षामा पढ्ने एक जेहेन्दार साथै विपन्न वर्गको विद्यार्थीलाई वर्षभरी लाग्ने विद्यालयको शुल्क बापतको रकम हस्तान्तरण गर्दै आएको बताइएको छ । भण्डारी दम्पत्तिले १ लाख ५० हजार बराबरको अक्षयकोष स्थापना गरेको बताइएको छ । सोही अक्षयकोषबाट यसपटक एन्जीला बि.क.लाई वर्षभरीकै विद्यालयको शुल्क बापतको रकम हस्तान्तरण गरिएको छ ।

    त्यस्तै कैलाश शिखर फाउण्डेशनले समेत विद्यालयमा तीन वर्ष अघिदेखी नै छात्रवृत्ति कोष स्थापना गरेको बताइएको छ । युवा समाजसेवी कैलास बनेम अध्यक्ष रहेको फाउण्डेशनले विद्यालयमा अध्ययनरत एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । हाल कक्षा युकेजीमा अध्ययनरत छात्रा ट्रिफोसा राईको कैलाश शिखर फाउण्डेशनले अभिभावकत्व ग्रहण गरेको हो । नर्सरीदेखी नै सोही विद्यालयमा अध्ययन गर्दै आएकी राईका बुबा शारिरीक रुपमा अशक्त साथै दृष्टि बिहिन र आमा समेत शारिरीक रुपमा कमजोर रहेकाले विपन्न वर्ग र समुदायलाई लक्षीत गरी फाउण्डेशनले विद्यालय पोशाकसहित अध्ययन बापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने गरी अभिभावकत्व ग्रहण गरेको फाउण्डेशनका अध्यक्ष कैलाश बनेमले जानकारी दिए ।


    त्यस्तै विद्यालयमा कार्यरत शिक्षिका दुर्गा सुवेदी खड्कालाई विद्यालयका तर्फबाट आर्थिक सहयोग गरिएको छ । शिक्षिका खड्काका श्रीमान राजकुमार खड्काको दुई वर्ष अघि निधन भएपछि दुई छोराछोरीको शिक्षादिक्षा सहित परिवारको दैनिक जीवन कष्टकर बन्दै आएको महशुस गर्दै विद्यालयका तर्फबाट रु.५० हजार सहयोग गरिएको विद्यालयका सहायक प्रधानाध्यापक सुर्यप्रसाद अधिकारीले जानकारी दिए । विद्यालयबाट भएको सानो सहयोगले छोराछोरीको शैक्षिक विकासमा थप सहयोग पुग्ने विश्वासका साथ आर्थिक सहयोग गरेको सहायक प्रधानाध्यापक अधिकारीले बताए ।
    विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रमकै अवसरमा विद्यालयले संचालन गर्दै आएको मेचीतारा नामक सांगितीक कार्यक्रमको चौथो सिजन सम्पन्न गरिएको विद्यालयका शिक्षक उद्धव वास्कोटाले जानकारी दिए ।


    सोही कार्यक्रममा गायनमा वर्षभरीबाट छानिएका जुनियर तर्फ ४ जना र सिनियर तर्फ ६ जना विद्यार्थीहरुको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । जुनियरतर्फ श्रीयुक्ता कोइराला, प्रज्वल फुयाल, सुभम बिमली र लोरेन्स सेनेहाङ प्रतिस्पर्धामा रहेका थिए । चौथो मेचीताराको जुनियरतर्फ लोरेन्स सेनेहाङ प्रथम, प्रज्वल फुयाल दोस्रो, श्रीयुक्ता कोइराला तेस्रो र सुभम बिमली चौथो भए ।


    सिनियर तर्फ मेचीताराको बिजेता मोहिङहाङ सेलिङ बने । उनले अरु ५ प्रतिस्पर्धिलाई पछि पार्दै प्रथम ट्रफी उचालेका हुन् । त्यस्तै दोस्रो अपेक्षा भट्टराई, तेस्रो महिमा जोगी, चौथो सुवर्णा चौहान, पाचौं अंशु सङ्रग्रौला र छैटौं काजल मगर बन्न सफल भएको विद्यालयका संगीत शिक्षक श्रीगणेश शर्माले जानकारी दिए । देवी बराल, भाष्कर सिटौला र दुर्गा ओली रहेको निर्णायक समितिले अन्तिम नतिजा निकालेको बताइएको छ ।

    छात्रवृत्ति बापतको रकम शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष हर्क शिगु , मेचीताराका प्रायोजक सुरज श्रीपाली, वडासदस्य कोपिला मैनाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वालकृष्ण चेम्जोङ सहित विद्यालयका प्रधानाध्यापक कुवँरले हस्तान्तरण गरेका थए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.