कनकाई खबर/ सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डस्थित नाग मन्दिरनजिकै गुडिरहेको जीपमाथि ढुंगा खस्दा चालक ३ जना घाइते भएका छन् ।आज बिहान बुटवलबाट पाल्पातर्फ जादै गरेको लु २ च २८४९ नम्बरको जीपमा साढे ६ बजेतिर जीपमाथि ढुंगा खसेको थियो ।
त्यसक्रममा उनीहरु घाइते भएका हुन् ।घाइते हुनेहरुमा जीप चालक पूर्वी नवलपरासीकोा नवलपुर त्रिवेणी गाउँपालिका–७ का ३२ वर्षीय जीप चालक विवेक कार्की, रुपन्देहीको सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका-१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीले जनाएको छ ।
ढुंगा लागेर जीपको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । घाइते सबैलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप बुटवलबाट टिन र फलाम लगायतका सरसमान लिएर पाल्पाको अर्गलीतर्फ गइरहेको थियो । ढुंगा खसेर अवरुद्ध भएको राजगर्मा सुचारु भइसकेको प्रहरीले जनाएको छ ।
