कनकाई खबर / प्रहरीले झापाको दमक नगरपालिकाबाट सखुवा र सिसौ जातको अवैध काठ बरामद गरेको छ ।
दमक – १ बस्ने गोकुल घिमिरेले सुकुमबासी टोलमा सञ्चालन गरेको गौरव फर्निचरमा अवैध काठ रहेको भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सखुवा र सिसौ जातको २० क्यु फिट चिरान काठ फेला परेको हो ।
बरामद भएको अवैध काठलाई आवश्यक कारवाहीको लागी वन कार्यालय बेलडाँगी दमकमा बुझाइएको साथै फर्निचर सञ्चालक घिमिरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
