Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अपाङ्गता भएकालाई पंखा वितरणसँगै संक्षिप्त वडा चिनारी पुस्तक विमोचन
    समाचार

    अपाङ्गता भएकालाई पंखा वितरणसँगै संक्षिप्त वडा चिनारी पुस्तक विमोचन

    ramBy ram२०७६ भाद्र ६, शुक्रबार ०५:५६ गते3 Mins Read

    कनकाई खबर डेक्स / कनकाई नगरपालिकाको वडा नं.९मा रहेका नौजना पूर्ण अपाङ्गता सहित ३० जनालाई एक कार्यक्रमका विच गर्मीको समयलाई लक्षित गरेर पंखा वितरण गरिएको छ ।

           कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र वडा नं.९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशीले संयुक्त रुपमा अपाङ्गता भएका व्यक्तित्वहरुलाई पंखा वितरण गरेका हुन् । कार्यक्रमकै अवसरमा नगर प्रमुख पोखरेलले वडा नं.९ को संक्षिप्त चिनारी सहितको पुस्तक समेत विमोचन गरेका थिए । वडा कार्यालय नजिकै रहेको जेष्ठ नागरीक भवनमा सम्पन्न कार्यक्रमका सहभागीहरुले घैलाडुबाको इतिहास संकलन गरेर तयार पारेको पुस्तकले यस क्षेत्रको विगत र वर्तमान अवस्थाको स्तर मापन गरेको वताएका छन् ।

         वडाअध्यक्ष प्रेमप्रसाद राजवंशीको सभापतित्व, वडासदस्य शान्ता चुडालको स्वागत तथा सदस्य नरमान श्रेष्ठले संचालन गरेको कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौडेल, वडा नं.८ का वडाअध्यक्ष प्रेमवहादुर कटुवाल, कार्यपालिका सदस्य सुनिता सिग्देल, प्राज्ञ पवन राजवंशी, रेडक्रसकर्मी चन्द्र चुडाल, राजपा झापा सचिव खड्गनारायण राजवंशी, स्थानीय आदर्श माविका प्रधानाध्यापक धर्मानन्द निरौला, नेकपा वडा कमिटी अध्यक्ष लक्ष्मीप्रसाद मैनाली, कोच राजवंशी पर्यटन प्रवद्र्धन समितिका सचिव जयप्रसाद राजवंशी, नारी चेतना समूहकी अध्यक्ष दिव्यश्वरा उप्रेती, जेष्ठ नागरीक संघ वडाका अध्यक्ष धनपती मैनाली लगायतले मन्तव्य राखेको वडा सदस्य राजेश आङ्बोहाङ्ले बताएका छन् ।

        वडाको चिनारी अन्तर्गत रहेको झापाका पुराना बजारहरु मध्येको एक मानिने घैलाडुबा बजार पूर्व पश्चिम लोक मार्गदेखि करीब ४ किलोमिटर दक्षिणमा पर्दछ । लक्ष्मीपुरदेखि घेराबारीसम्मको हिमाली सडक घैलाडुबा बजार हुँदै अघि बढेकोछ । त्यही ऐतिहासिक घैलाडुबा बजार पर्ने कनकाई नगरपालिका वडा नं.९ को आफ्नै विशिष्टता रहेको वडा अध्यक्ष प्रेमप्रसाद राजवंशी वताउँछन् । साविक घैलाडुबा गाउँपंचायत हुँदै घैलाडुवा गाउँविकास समितिको वडा नं.५, ६ र ७ लाई समेटेर २०७२ सालमा कनकाई नगरपालिकाको वडा नं.९ बनाइएको हो । पूर्वमा बिर्तामोड नगरपालिका वडा नं.२ को सिमाना घाग्रा खोला, पश्चिममा विरिङ नदी, उत्तरमा कनकाई नगरपालिका वडा नं.८ र दक्षिणमा बाह्रदशी गाउँपालिकाको वडा नंं.६ र ७ ले घेरिएको यस वडाको क्षेत्रफल ५.४९ वर्गकिलोमिटर रहेको वताइएको छ ।

         त्यसैगरी यस वडामा कुल ८ सय ११ बिघा जग्गा रहेको छ । वडामा ७ सय ८५ घर धुरी र ३ हजार ९ सय २१ जनसंख्या रहेको यस क्षेत्रमा हिन्दु, बौद्ध,इस्लाम र इसाई धर्मावलम्बी रहेको यस वडामा २५ भन्दा बढी विभिन्न जातजातीको बसोबास रहेको पाइन्छ । आआफ्नो संस्कार, संस्कृति र भेषभूषामा विश्वास राख्दै आएका विभिन्न जातजातीविचमा जातीय सहिष्णुता र मेलमिलाप रहेको पाइन्छ । यस वडामा घैलाडुबा बजार, टेकनारायणबारी, लखरीगद्धी, मन्त्रीबारी, नयाँ देउनियाबारी, टोपालालबारी, पशुहाट, नमुना टोल (होलीपारी), सुकुम्बासी टोल, घुसुकपुर,व सयपत्री टोल(घाग्रा छेउ), हुलुकुचु गाउँ, सन्थाल गाउँ, दियालो बस्ती, थापा गाउँ लगायतका बस्तीहरु मिलेर वडा नं.९ बनेको वडाअध्यक्ष राजवंशी बताउँछन् । वडामा हालसम्म १३ वटा टोल विकास समिति गठन भएका छन् भने टोल समिति गठन हुने क्रम जारी रहेको छ ।

          यहाँ रहेका स्वास्थ्य चौकी घैलाडुबा, इलाका प्रहरी कार्यालय, हुलाक सेवा र नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुवाले वडावासीलाई अत्यावश्यक सेवा प्रदान गर्दे आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.