कनकाई खबर/ झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४ सय पचास मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ साढे ७ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका साईकलयात्री ईलाम मङसेबुङ गाउँपालिका- ९ का ३० बर्षीय युवराज लिम्बुलाई संका लागि चेकजाँच गर्दा साईकलको ह्यान्डल भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।लागुऔषध सहित पक्राउ परेका लिम्बुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

