उदयपुरको त्रियुगा नगरपालिका–१० स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
हिजो बेलुका साढे ९ बजे प्रदेश १–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफैँँ अनियन्त्रित भई दुर्घट्ना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा–६ जलजले का २५ वर्षीय सुदीप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो भने घाईते भएका चालक त्रियुगा–६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि बिराटनगर लगिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।


