Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गा प्रसाईको अभियान व्यापक बन्दै , बिर्तामोडको अध्यक्षमा मैनाली
    कनकाई खबर बिशेष

    दुर्गा प्रसाईको अभियान व्यापक बन्दै , बिर्तामोडको अध्यक्षमा मैनाली

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २१, आईतवार ०१:३४ गते2 Mins Read

    झापा ।बिशेषगरी भुइँमान्छेका लागि आवाज उठाएपछि बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानले व्यापकता पाउँदै गएको छ ।लघुवित्त र सहकारीपीडितहरु अभियानमा जोडिदै गएका छन् । संगठन विस्तारका क्रममा उल्लेखनीय उपस्थितिमा शनिवार अभियानको बिर्तामोड नगर कमिटी गठन भएको छ ।

    केन्द्रीय संयोजक दुर्गा प्रसाईको प्रमुख आतिथ्यमा बिर्तामोडमा भएको भेलाले रामचन्द्र मैनालीको संयोजकत्वमा ३१ सदस्यीय नगर कमिटी गठन गरेको हो । जसको सहसंयोजकमा पुष्प पाठक र देवेन्द्र सिटौला ,सचिव ओमप्रकाश लुइटेल ,सहसचिव विवेक दंगाल र कोषाध्यक्षमा विनिता पाण्डे रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा मधुरकान्त सिटौला , पदम प्रसाई , सोभित प्रसाई ,देवी संग्रौला ,नविन सेढाई ,अर्जुन तामाङ, राम खनाल, अशोक बस्नेत , माधव ओली , जीवन घिमिरे , गोविन्दप्रसाद बास्तोला , मन्जु अधिकारी सीता सिटौला , ज्योति अधिकारी , लक्ष्मी अधिकारी , घनश्याम गुरुङ,लक्ष्मण पाठक , विवेक मानन्धर , नरेन्द्र शिवाकोटी , हरि चुँडाल , राजन चुँडाल ,जीवन कडरिया ,शिव ओली , सावित्री पौडेल , सन्दीप भेट्वाल र डम्बर लिम्बू रहेका छन् । झापाका ९ वटा पालिकामा अभियानको कमिटी निर्माण भएको छ । मेचीनगर ,दमक , शिवसताक्षी ,गौरीगञ्ज ,भद्रपुर , कचनकवललगायतका पालिकाहरुमा संगठन विस्तार भएको केन्द्रीय सदस्य तथा मेची–कोशी इन्चार्ज ध्रुवकुमार शिवाकोटीले बताए ।

    उनले जिल्लाका सबै पालिकाहरुमा कमिटी बनिसकेपछि ती कमिटीका प्रतिनिधिहरुको भेलाले झापा जिल्ला कमिटी निर्माण गर्ने जानकारी दिए ।झन्डै ८ लाख सदस्य रहेको अभियानले देशका ४६ वटा जिल्लामा शाखा विस्तार गरिसकेको केन्द्रीय संयोजक प्रसाईले बताए । अभियानको ७ सदस्यीय स्टेरिङ कमिटी , ५१ सदस्यीय सचिवालय र एक सय सदस्यीय केन्द्रीय समिति रहेको प्रसाईले जानकारी दिए ।नवगठित समितिलाई बधाई दिँदै केन्द्रीय संयोजक प्रसाईले लघुवित्त संस्थाहरु एमाले , कांग्रेस र माओवादीले चलाएकाले उनीहरुले लघुवित्त पीडितको आन्दोलनमा साथ नदिएको दावी गरे ।

    केही दिनपछि अभियानको अगुवाईमा राजधानी केन्द्रित आन्दोलन गरिने बताउँदै उनले भने ,‘तपाईहरु तयारीमा बस्नुस् १५–१५ किलो चामल भेला गर्नुस् तपाईहरुलाई हामी आन्दोलनका लागि राजधानी लिएर जान्छौं ।’ उनले नेपालमा राजसंस्था आएरै छोड्ने ठोकुवा गरे ।‘राजसंस्था यो देशमा आयो भनेर लेखेर राख्नुस् ’ उनले भने,‘ धेरै दिन छैन अभियानकै नेतृत्वमा राजसंस्था फर्किन्छ ।’अभियानका केन्द्रीय सदस्य हरिप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिवालय सदस्य नवराज पनेरुले पनि शुभकामना मन्तव्य राखेका थिए । केन्द्रीय सदस्य राम मैनालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा मेची–कोशी इन्चार्ज ध्रुवकुमार शिवाकोटीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.