Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका साप्ताहिक पत्रिकामा आवद्ध पत्रकारहरु संगठित
    समाचार

    झापाका साप्ताहिक पत्रिकामा आवद्ध पत्रकारहरु संगठित

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २०, शनिबार ११:१० गते2 Mins Read


    कनकाई खबर \ झापाका साप्ताहिक पत्रिकामा आवद्ध पत्रकारहरु संगठित भएका छन् । आज (शनिबार) झापा मेचीनगर–९ स्थित खुट्टीडाँगी वन सिमसार क्षेत्रमा सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् । समितिको सदस्यमा दिपक अधिकारी, विष्णु पौडेल, डम्बर बराल, सेलिङ केसी, लीला राई, तीर्थ तिम्सिना, इशा प्रधान रहेका छन् । झापामा २४ वटा साप्ताहिक पत्रिका नियमित रुपमा प्रकाशन हुँदै आएका छन् । भेलाले साप्ताहिक पत्रिकालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, साप्ताहिक पत्रिकालाई सञ्चालन गर्न विधान मस्यौदा समिति बनाई काम अगाडि बढाउने निर्णय भएको छ ।


    नवनिर्वाचित अध्यक्ष राजु पाठक संयोजक रहेको मस्यौदा समितिको सदस्यमा राजबाबु शंकर, रेजिना गौतम, इन्दु पूर्वेली र लेखनाथ शिवाकोटी रहेका छन् । अग्रज पत्रकार लेखनाथ शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलामा साप्ताहिक पत्रिकाको अवस्था, चुनौती र सम्भावनाका विषयमा सहभागीले सुझाव राखेका थिए । कार्यक्रमको सञ्चालन झुलन रेग्मीले गरेका थिए ।

    भेलापछि झापाली पत्रकार र खुट्टीडाँगी वन समूहबीच परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वन समूहका अध्यक्ष टंकबहादुर नेपालले सिमसार क्षेत्र पर्यटकका लागि रमणीय ठाउँ रहेको जानकारी गराए । खुट्टीडाँगी सिमसार मेचीनगरकै उत्कृट गन्तव्य मध्येको एक हो । वन समूहका कार्यालय सचिव राजु धिमालले खुट्टीडाँगी सिमसारमा भौतिक पूर्वाधार थप गरेर अझ व्यवस्थित गरिएको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.