Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भारतको सिलगुढीबाट काठमाडौँ सञ्चालन हुने बसबाट २ लाख ७० हजारको अवैध सामान बरामद
    कनकाई खबर बिशेष

    भारतको सिलगुढीबाट काठमाडौँ सञ्चालन हुने बसबाट २ लाख ७० हजारको अवैध सामान बरामद

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण १७, बुधबार १८:५१ गते2 Mins Read

    झापा । भारत पश्चिम बङ्गालको सिलगुढीदेखि काँकडभिट्टा हुँदै काठमाडौँ सञ्चालन हुने यात्रुवाहक बसबाट २ लाख ७० हजार मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।

    इलाका प्रहरी कार्यालय र मेची भन्सार कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गरेका भारतीय नम्बर प्लेट भएका डब्लुबी १९ एल ६१६१ नम्बरको बसबाट २ लाख ७० हजार ३५० रुपैयाँको विभिन्न सामान बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

    भारतबाट यात्रु बोकेर नेपाल प्रवेश गरेको सो बसलाई मेचीनगर- ६ स्थित भन्सार गेट अगाडी चेकजाँचको क्रममा गाडी छोप्ने कवर २३ पिस, सुटकेस ग्लोप १ प्याकेट, ९ जोर जुत्ता, ३ जोर चप्पल, एक पिस जिन्स पेन्ट, ३ पिस सर्ट, १२ पिस नाइटी, एक पिस टाउजर, ३ पिस लेडिज ब्याग, १८ पिस हाप पेन्ट, एक पिस जम्पट, ५ पिस भेष्ट, ५ रोल बिजुलीको तार, ३७ पिस गाडीको हर्न, ६ पिस गाडीको एयर प्रो र एक कार्टुन कमोडल बरामद गरिएको डीएसपी रिजालले बताए । नेपाल- भारत मैत्री सो बस सेवा पश्चिम बङ्गाल सरकारले नेपालका लागि सञ्चालन गर्दै आइरहेको छ ।

    बसभित्रबाट बरामद गरिएको सामानको धनी भनेर कोही सम्पर्क नआएको उनको भनाई छ । बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको उनले बताए । सामान बरामद गरिएपनि बसलाई काठमाडौँ गन्तव्यतर्फ जाने दिइएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.