झापाको बुद्धशान्तिमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । बुद्धशान्ति गाउँपालिका- ४ स्थित हाँपेन चोक अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतको पहिचान भने खुलेको छैन ।मृतक पुरुष तराई मूलको जस्तो देखिने कालो, निलो रङ्गको जिन्सको पेन्ट, आकाशे रङ्गको भेष्ट लगाएको अवस्था फेला परेको हो । उनको शव घोप्टो अवस्थामा रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
