Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मेचीनगरमा अनुगमनको दोश्रो दिन : अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न फेला
    कनकाई खबर बिशेष

    मेचीनगरमा अनुगमनको दोश्रो दिन : अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न फेला

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण १६, मंगलवार ०५:२१ गते2 Mins Read

    मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ ।

    नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् ।बजारमा छ्याप छ्याप्ती गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्य संग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्रि वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् ।

    नगर प्रमुख बुढाथोकीको नेतृत्वमा आइतबारबाट सुरू भएको अनुगमन कार्यमा हिजो र आज अनुगमन गरिएका अधिकांश पसलमा गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू फेला परेको पाइएको छ ।नगरपालिकाले पहिलो पटक अनुगमनमा व्यवसायीहरुलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गरिने मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल त्यस्तै काँकरभिट्टाको भट्टराई भेराइटिज, के.के.एस स्टोर, घिमिरे किराना पसल, एनएमसी पसल काँकरभिट्टा, प्रसाईं पसल, देव खुश्बु किराना पसल, लक्ष्मी किराना र इटाभट्टाको देवी पाथिभरा किराना पसल, कामख्य स्टोर, सरस्वती स्टोर्स, उत्तम सुपर मार्केटलगायतका खाद्यन्न पसरहरुमा अनुगमन गरेको छ ।

    अनुगमनका क्रममा मेची उद्योग बाणिज्य संघ मेचीनगरका उद्योग उपाध्यक्ष भुमि पौडेलसमेतको पसल र गोदामबाट लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत गरिएको मेचीनगरका खाद्य बिश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए ।यसरी व्यवसायीका पसल र गोदामबाटसमेत लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत हुनु दुखदः घटना भएको अनुगमनमा सरिक मेची उद्योगा बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई बताउँछन् । साथै उनले अनुगमनका क्रममा जफत गरिएका सबै सामान मेचीनगर परिसरमा भित्र खाली जमिनमा खाल्डो खनेर नष्ट गरिएको जानकारी दिइन् ।

    अनुगमनमा मेचीनगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, मेचीनगर खाद्य बिश्लेषक दिपेन्द्र कार्की, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडासदस्य रश्मी रसाइली, मेची उद्योगा बाणिज्य संघका अध्यक्ष प्रसाई, उद्योग उपाध्यक्ष भुमि पौडेल, महासचिव दिनेश शाक्य, आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग र गुणस्तर नाप तौल कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु प्रहरी, नगरप्रहरी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.