दमक । झापाको दमकमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
आइतबार दिउँसो २ बजेको समयमा दमक नगरपालिका- ५ नारायण गोपाल टोलमा गौरादह नगरपालिका- ५ घर भई हाल दमक- ५ मा डेरा गरी बस्ने २७ वर्षीय सरोज सुब्बा र उनकी श्रीमती ३२ वर्षीया मिना राईको कोठामा ब्राउन सुगर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ८ ग्राम ब्राउन सुगर फेला परेको थियो ।ऊनीहरूसँगै रहेका कमल गाउँपालिका -४ बस्ने ३५ वर्षीय सुमन श्रेष्ठसहित तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमेन्टस्
