Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उत्छृङ्खल व्यक्तिका कारण माइधार -दोमुखा सडकमा क्षति
    समाचार

    उत्छृङ्खल व्यक्तिका कारण माइधार -दोमुखा सडकमा क्षति

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण १२, शुक्रबार ०९:४५ गते2 Mins Read


    शिवसताक्षी \ झापाको पर्यटकीय स्थल दोमुखा जाने सडक निर्माण भएको केही समय नवित्दै वर्षातका कारण भत्किएको छ ।


    केही उत्छृखल व्यक्तिले सडकमा लगाइएको ह्युमपाइप थुनिदिदा पानीको वहावले सडकमा क्षति पुर्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जंगलबाट आएको पानी सडक माथिबाट नाघेर जाँदा कल्र्भड छेउमा सडकको केही भाग भत्किएको हो । सडक भत्किएको खबर पाउँना साथ शिवसताक्षी नगरपालिको टोली र इलाका प्रहरी कार्यालय झिलझिलेको टोली उक्त स्थानमा पुगेका थिए ।


    टोलीले ह्युमपाइपमा बाँसको भाटा लगाई माटोले थुनेको भेटेपछि उच्छृङखल व्यक्तिको खोजी कार्य सुरु गरेको थियो । दोमुखा सडकमा बनाइएको ह्युमपाइपमा बाँसको भाटा र माटो लगाएर थुनिदिएका कारण पानीको बहाव बढेर सडकको केही भाग भत्किएको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । सडक पूर्णरुपमा बनिसकेको छैन, सडकमा पर्ने कल्र्भडमा छेउको पर्खाल यस आर्थिक वर्षमा बन्नेछ र मात्र सडकले पूर्णता पाउनेछ । उनले भने, सडक भत्किदा हामीलाई पनि चिन्ताको विषय बन्यो तर उच्छृङ्खल व्यक्तिले ह्युमपाइप थुनिदिँदा प्राकृतिक रुपमा बग्दै आएको पानी सडकमा गई क्षति पुगेको हो । भत्किएको सडक पुनः निर्माण गरिने समेत नगर प्रमुख थोप्राको भनाई छ ।


    ह्युमपाइप थुन्ने व्यक्ति फेला परिसेको वडा नं. १० का अध्यक्ष हर्क सिगुले जानकारी दिए । उनले पानी थुन्ने स्थानीय बासी भएको र उनले किन पानीको बहावलाई थुने भन्ने विषयमा सोधपुच गरेर यथार्थ के हो पत्ता लाग्ने बताए ।
    शिवसताक्षी नगरपालिकाका इन्जिनियरले सडक भत्किनुमा नगरपालिका र निर्माण व्यवसायीको कमजोरी नरहेको जानकारी दिए । उनले कुनै व्यक्तिले व्यक्तिगत स्वार्थका लागि पानी थुनिदिता उक्त पानी सडकमा गई भत्काएको बताए ।


    उक्त सडक सतासी निर्माण सेवाले निर्माण गरेको हो । सडकमा एक वर्षसम्म समस्या आए निर्माण कम्पनीले बनाइदिने सतासी निर्माण सेवाले जनाएको छ। सडक ४ करोड २४ लाख ८३ हजार लागतमा सडक कालोपत्रेको काम सम्पन्न भएको हो । सडक कालोपत्रेका लागि शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख र सङ्घीय समपूरक कोषको २ करोड रकम रहेको थियो ।


    शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले वि.सं २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिलेसम्म उक्त सडकको स्तरोन्नति हुन सकेको थिएन । करिब ४० वर्षपछि यो सडक बनेको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.