झापा, ११ साउन । सर्वोच्च अदालतको फैसलासँगै साउन १७ गतेसम्मका लागि हिक्मत कार्की नै मुख्यमन्त्रीमा पुनर्वहाली हुनुभएको छ ।वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले उद्धव थापाको नियुक्ति प्रक्रिया जुन बिन्दूबाट शुरु भएको हो सो देखिकै सबै प्रक्रिया उत्प्रेषणको आदेशबाट बदर गरिदिएकाले सात दिनका लागि कार्की स्वत: मुख्यमन्त्रीमा पुनर्वहाली भएको बताउनुभयो
।यसबारे सर्वोच्चले प्रष्ट नभने पनि सुरु प्रक्रियाबाटै जानू भनेकाले कार्की पुनर्वहाली हुनुभएको हो ।अदालतको फैसलामा सभामुखको हस्ताक्षरसहित पेश भएको त्रुटीपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धब थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा असार २१ ग्ते गरिएको नियुक्ति र तत् सम्बन्धमा भए गरिएका काम कारवाहीहरु नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ भनेकाले उहाँको नियुक्ति नै बदर भएकाले कार्की स्वत: पुनर्वहाली हुनुभएको हो ।
