झापा/ झापामा प्रतिबन्धित लागूऔषधसहित प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।मंगलबार बेलुकी ७ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका वडा नं.४ आईतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ्लाई चेकजाँच गर्दा निजले लगाएको जुत्ताभित्र प्रतिबन्धित लागूऔषध खैरो हेरोईन ३५ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।


