Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वर्षा शुरु भएयता झापामा पानीमा डुबेर १० जनाको मृत्यु
    कनकाई खबर बिशेष

    वर्षा शुरु भएयता झापामा पानीमा डुबेर १० जनाको मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण ८, सोमबार १६:०४ गते3 Mins Read
    साङ्केतिक तस्बिर

    झापा, साउन ८ । गत जेठ १ गतेदेखि हालसम्म झापामा पानीमा डुबेर १० जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तीन बालक , दुई महिला र पाँच पुरुष छन् । पुरुषमध्ये दुई बृद्ध हुन् । नहर , झर्ना , जमेको पानी , खोला र खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    गत जेठ १ गते अन्दाजी २.३० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नं. १० बस्ने अन्दाजी २५ वर्षिया कमला राई घरबाट गाईवस्तु चराउन गएकोमा सोही ठाउँमा रहेको कन्काई सिंचाई नहरको शाखा नहरको पानीमा घोप्टो परी उनी मृत अवस्थामा फेला परेकी थिइन् ।त्यस्तै जेठ १३ गते अन्दाजी दिउँसो १२ः१० बजेको समयमा इलाम माइ नगरपालिका वडा नं. ८ मा रहेको सतासी झर्नाको दहमा साथीसंग घुम्न गएका कमल गाउँपालिका वडा नं. ५ पाडाजुँगी बस्ने २१ वर्षिय निश्चल भण्डारी पौडी खेल्ने क्रममा माथिबाट डाईब हान्दा पानीमा डुबेर उनको मृत्यु भएको थियो ।

    त्यसैगरी जेठ १९ गते दिउँसो ४.५० बजेको समयमा शिबसताक्षी नगरपालिका वडा नं. १० मा रहेको दोमुखा ड्याममा कन्काई नगरपालिका वडा नं. २ बस्ने अन्दाजी १७ वर्षका सलिन गुरागाईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।त्यस्तै जेठ २९ गते अन्दाजी साँझ ६.३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ९ शान्ति चौक बस्ने ७५ वर्षिय जीवन थापा मगर मेची क्याम्पस भद्रपुरको पूर्वपट्टि जमेको नालीको पानीमा मृत अवस्थामा फेला परेका थिए ।

    त्यस्तै असार ८ गते अन्दाजी बिहान १०.३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं.६ बस्ने अन्दाजी १९ वर्षिय अनिल मैनाली सोही ठाउँमा रहेको देउनिया खोला क्षेत्रमा च्याउ टिप्न गएकोमा खोला तर्ने क्रममा चप्पल बगाएपछि चप्पल टिप्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको थियो । त्यस्तै झापा गौरादह नगरपालिका वडा नं. ६ टगुवास्थित रतुवा खोलाको बगरमा टगुवा स्थाई ठेगाना भई हाल दमक नगरपालिका वडा नं. ४ ताराबारी बस्दै आएका ६५ वर्षिय भागवत शर्मा असार २८ गते साँझ ६.५ बजे घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।

    त्यस्तै असार ३० गते दिउँसो २.३० बजेको समयमा गौरादह नगरपालिका वडा नं.९ मा रहेको किस्ने खोलामा वडा नं.२ बस्ने आबुलाल ताजपुरियाका छोरा १३ वर्षिय एन्जल ताजपुरियाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । त्यस्तै साउन ३ गते दिउँसो १.३० बजेको समयमा गौरीगञ्ज गाउँपालिका वडा नं. ३ बस्ने पर्शुराम पराजुलीका छोरा अन्दाजी १४ वर्षिय सागर पराजुली सोही ठाउँमा रहेको लेरा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयहरुले देखी तत्काल पानीबाट निकाली उपचारको लागि दमक अस्पताल लगेकोमा बाटोमै मृत्यु भएको थियो ।

    त्यस्तै साउन ७ गते मध्यान्ह १२ बजेको समयमा झापा गाउँपालिका वडा नं. ४ ग्रामथानमा नेपाल भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा वडा नं.१ बस्ने गौतमकुमार गणेशका छोरा ७ वर्षिय डेनिस गणेश खेल्ने क्रममा चिप्लेर डुबी बेहोस भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।त्यस्तै साउन ७ गते साँझ ५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नं. १ नयाँबस्तीस्थित अदुवा खोलाले बगाई ल्याएको जस्तो देखिने, साडी बेरिएको तत्काल नाम थर वतन नखुलेको पहिचान गर्न नसकिने लास सडेगलेको अवस्थामा फेला परेको थियो ।

    कानूनी प्रकृया पुरा गरी सो शव पोष्टमार्टमको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको डीएसपी खगेन्द्र रिजालले बताए ।डुबेर मृत्यु भएका सबै शवहरु कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमपश्चात् सदगतिको लागि आफन्तले बुझिलगेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.