कनकाई खबर/ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
सप्तरी महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीहरू बीच घरायसी वादविवादको कारण झैझगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना पश्चात् इलाका प्रहरी कार्यालय हनुमान नगरबाट खटिएको प्रहरीले रामरूप पक्राउ गरेको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्टस्
