Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर पुर्व प्रहरी संगठनले गर्यो वृक्षरोपण
    समाचार

    आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर पुर्व प्रहरी संगठनले गर्यो वृक्षरोपण

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण ६, शनिबार १३:२५ गते2 Mins Read


    कनकाई खबर \ नेपाल पुर्व प्रहरी संगठन कनकाई नगर समितिले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

    वृक्षरोपण गरेर वातावरणको शुद्धता साथै हरियाली बनाउँने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको संगठनका नगर अध्यक्ष हरिप्रसाद सेडाईले बताए । यसलाई आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर पुर्व प्रहरी संगठन कनकाईले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको नगर अध्यक्ष सेडाई बताउँछन् । कनकाई सामुदायिक वन परिसरमा जादुल जातका १ सय १० वटा विरुवा रोपण गर्दै अध्यक्ष सेडाईले विरुवाको संरक्षण गर्ने समेत संगठनको तर्फबाट प्रतिवद्धता जनाए ।


    विगत केही वर्षदेखि संगठित भइ सामाजिक गतिविधिमा समेत सक्रिय हुँदै आएका कनकाई नगर क्षेत्रका पूर्व प्रहरीहरु संगठन विस्तारमा क्रियाशिल हुँदै आएका छन् । समाजको हितकालागी निस्वार्थ ढङ्गले काम गर्न कुनै पनि अवसर वा कुनै दिवस नै पर्खनु पर्छ भन्ने छैन, भन्ने तर्क राख्दै संगठनका सचिव अम्बर लिम्बूले संगठनको तर्फबाट अन्य कुनै कार्यक्रम नभई वातावरणको संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व भएको महशुस गर्दै वृक्षरोपण कार्यक्रमको आयोजना गरेको बताए ।


    देशमा शान्तीसुरक्षा कायम राख्ने जिम्मेवारीका साथ लामो समय सम्म राष्ट्र सेवामा क्रियाशिल रहेर अनुभव प्राप्त पूर्व प्रहरीहरुको यो संगठनले कनकाई नगरमा क्रियाशिल रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरुको नेतृत्वदायी भूमिकामा रहेर कार्य सम्पदान गर्नु पर्नेमा सहभागीहरुले जोड दिए ।


    कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पूर्व प्रहरी संगठन झापाका पुर्व अध्यक्ष खेमराज कार्कीले समाजमा शान्ती सुरक्षा कायम राख्दै मुलुकको समृद्धिकालागि पूर्व प्रहरीहरुको संगठन वर्तमान अवस्थामा अतिआवश्यक भएको वताएका छन् । संगठनले लागुऔषध साथै दुव्र्यसनीको न्युनिकरण, वातावरणको शुद्धताकालागी वृक्षरोपण, बजार सरसफाई लगायत विभिन्न सचेतनामूलक सामाजिक गतिविधी संचालन गर्दै अघि बढ्नु पर्ने झापाका पुर्व अध्यक्ष कार्कीले सुझाव दिएका छन ।


    नेपाल पुर्व प्रहरी संगठन कनकाई नगर समितिका अध्यक्ष हरिप्रसाद सेडाईको सभापतित्व एवं सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख नथुनीगोहिबार यादवको प्रमुख आतिथ्य रहेको वृक्षरोपण कार्यक्रममा ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख अशोक कोइराला, ट्राफिक प्रहरी सुरुङ्गाका प्रमुख डाइमन ज्योती घिमिरे लगायतले वृक्षरोपणसँगै संरक्षण्मा विशेष ध्यान दिनु पर्ने तर्फ जोड दिए । संगठनका सल्लाहकार संयोजक पदमप्रसाद मैनालीले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन सचिव अम्बर लिम्बूले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.