Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहिद गौतमको स्मृतिमा दुई विद्वान व्यक्तित्वलाई सम्मान सहित निशुल्क स्वास्थ्य शिविर
    समाचार

    सहिद गौतमको स्मृतिमा दुई विद्वान व्यक्तित्वलाई सम्मान सहित निशुल्क स्वास्थ्य शिविर

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण ५, शुक्रबार १३:५४ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा सहिद डिल्ली गौतमको ३० औं स्मृति दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।


    कनकाई—२, सुकेडाँगीस्थित सामुदायिक भवनमा एक विशेष समारोहका विच सम्मानसहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा एक सय ७ जनाले सेवा लिएको बताइएको छ ।
    स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रममा शिक्षा, साहित्य एवं सञ्चारका क्षेत्रबाट समाज रुपान्तरणमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै विद्वान व्यक्तित्वद्वय शिरोमणि खतिवडा (शिरो सान्दाइ) र तीर्थराज खरेललाई नगदसहित सम्मान गरिएको छ ।


    प्राध्यापन, साहित्य, समाजसेवा साथै सञ्चार क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै एक अग्रज वुद्धिजीवी साथै अभिभावकको रुपमा प्रतिष्ठानले शिरो सान्दाइलाई नगदसहित सम्मान गरेको जनाएको छ । यसरी नगदसहित सम्मानित भएका शिरो सान्दाइले सम्मानसहित प्राप्त गरेको नगद ५ हजार एकसय प्रतिष्ठानकै सहयोगकालागी सहिद गौतमकी धर्मपत्नी देवका गौतमलाई हस्तान्तरण गरे ।


    त्यस्तै शोषितपीडित सङ्घर्षशील श्रमजीवी जनताको पक्षमा हरदम सकारात्मक सोचका साथ कलम चलाउँदै प्रतिष्ठानको स्थापना, विकास र श्रीवृद्धिमा एक लेखक, वुद्धिजीवी साथै सञ्चारर्मीको रुपमा निस्वार्थ रुपमा पुर्याएको योगदानको उच्च मुल्याङ्न गर्दै कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष समेत रहेका खरेललाई सम्मान गरेको जनाइएको छ ।


    प्रतिष्ठानका अध्यक्ष रबिन्द्र लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले सम्मानित व्यक्तित्वलाई सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
    वडासमिति कनकाई वडा नं. २ को कार्यालय एवम् कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविर कार्यक्रमको सह–आयोजक राष्ट्रिय युवा संघ नेपाल र अनेम संघ कनकाई –२ रहेका थिए भने प्राविधिक सहयोग कनकाई नगर अस्पतालले गरेको थियो । कनकाई नगर अस्पतालका डाक्टर सुर्यनारायण शाह,डाक्टर करण पोखरेल, डाक्टर श्रद्धा भण्डारी र डाक्टर अभिषेक नायकको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको नगर अस्पतालकी नर्स टिकामाया दवाडीले जानकारी दिएकी छन् ।


    शिविरमा ओपिडि सेवा अन्तरगत सुगर, प्रेसर, दम, थाईराईड, प्रोष्टेट र मानसिक रोग सम्बन्धी परिक्षण गरिएको थियो । त्यस्तै महिला प्रसुती सम्बन्धी पाठेघरको क्यान्सर परिक्षण, आङ्ग खस्ने समस्या सम्बन्धी परिक्षण र निःशुल्क औषधि वितरण समेत गरिएको कनकाई नगर अस्पतालका डाक्टर अभिषेक नायकले जानकारी दिए । शिविरमा परिक्षण गरेको आधारमा आवश्यक्ता अनुसार नगर अस्पतालमा ५० प्रतिशत छुटमा कुनैपनि मेशिनरी परिक्षण सेवा उपलब्ध गराइने बताइएको छ ।


    उद्घाटन कार्यक्रममा कनकाई वडा नं.—१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल सहित वडाका जनप्रतिनिधि वडा नं.२ का वडाअध्यक्ष बलराम राई(प्रताप) सहित वडाका जनप्रतिनिधि, वडा नं.— ३ का वडाअध्यक्ष युवराज चम्लागाईसहित कार्यपालिका सदस्य कृष्णमाया भुजेल, नवलकिशोर दत्त, वडासदस्य अनिल गोयल, वडा नं.४ बाट कार्यपालिका सदस्य लक्ष्मी कटुवाल, वडासदस्य मोहन संग्रौला सहित अन्य वडाबाट समेत जनप्रतिनिधिहरुको उपस्थिती रहेको बताइएको छ ।


    कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य गोकर्ण ओझा, कनकाई नगर कमिटीका अध्यक्ष खड्गप्रसाद प्रसाईँ, उपसचिव दिपक चापागाईँ लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कनकाई नगर अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी, सहिद गौतमकी आमा पुन्यवती गौतम साथै श्रीमती देवका गौतम लगायतको उपस्थिति रहेको प्रतिष्ठानका सचिव एवं नेकपा एमाले कनकाई नगर कमिटी उपाध्यक्ष विनोद रानाले जानकारी दिए ।


    कनकाई–२ का वडाअध्यक्ष बलराम राई(प्रताप)को स्वागत एवं प्रतिष्ठानका सचिव बिनोद रानाले संचालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, सम्मानित व्यक्तित्व शिरो सान्दाइ, जामुनवारी सामुदायिक वन समूहका अध्यक्ष खेमराज सिटौला लगायतले शुभकामना मन्तव्य राख्दै समृद्ध नेपाल सुखी नेपालीको बाटोमा हिड्न सकेमा सहिद गौतमप्रतिको सच्चा सम्मान हुने बताए ।
    २०५० सालको साउन ४ गतेका दिन देशव्यापी रुपमा भएको मजदुर आन्दोलनमा राज्य पक्षबाट भएको दमनका क्रममा प्रहरीको गोली लागी गौतमको निधन भएको थियो । झापाको दमकमा ज्यान गुमाएका शहिद गौतमको स्मृत्ति दिवसको अवसरमा प्रतिष्ठान मार्फत हरेक वर्ष रक्तदान, वृक्षरोपण, सम्मान लगायतका विभिन्न कार्यक्रम हुँदै आएको प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिए ।


    देश र जनताको निम्ती आफ्नो ज्यानको आहुती दिएका गौतमलाई राज्यले राष्ट्रकै सहिदका रुपमा घोषणा गरिसकेको अवस्थामा कुनै राजनीतिक दल विशेषका रुपमा नहेर्न सम्बन्धित सबैलाई प्रतिष्ठानका अध्यक्ष लम्सालले अनुरोध गरे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.