कनकाई खबर/ जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमै एक थुनुवा महिला झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।
चक्रघटा गाउँपालिका ८ की अन्दाजी ४० वर्षिया हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएङ्की सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र थारु पजियारले जानकारी दिए ।उनका अनुसार राति १० बजे शौचालय गर्न जाँदा शौचालको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पजियारले बताए ।उनका अनुसार साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुनसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।
भन्सारले ३ लाख ३९ हजार धरौटी बुझाए छाड्ने भनेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई नेपाल प्रहरीलेलाई जिम्मा लगाएको थियो ।उनको मृत्युकाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
