झापा / इटहरीमा सिटी सफारीसँग ठोक्किँदा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मङ्गलवार दिउँसो इटहरी- ९ स्थित साथी पेट्रोल पम्प अगाडि खनारबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०२–००३ ह ५५७७ (हाल इटहरी उपमनपा १ ह १२५) सिटी सफारीले बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १–०२–०४२ प २८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा स्कुटर पछाडि सवार इनरुवा नगरपालिका ७ की अन्दाजी २४ वर्षीया सञ्जु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
