कनकाई खबर \ स्थानीय स्तरका विकृति विसङ्गती विरुद्ध आवाज उठाउँदै आएका कनकाई सुरुङ्गा क्षेत्रका सचेत युवाहरु संगठित भएका छन् ।
समाज रुपान्तरणमा युवाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले परिवर्तन आँफैबाट सुरुवात गर्नु पर्छ भन्ने सोचका साथ स्थानीय सक्रिय युवा पारस मैनालीको नेतृत्वमा अस्त्र कनकाई युवा समाज गठन भएको हो । संगठित भएका युवाहरुले आफ्नो पहिलो कार्यक्रमका रुपमा सडक दुर्घटना न्युनीकरण गर्ने उद्येश्यका साथ सुरुङ्गा बजारको चोकमा यत्रतत्र छरिएर रहने गरेका यातायातका साधन अटो तथा सिटीसफारीहरुलाई एकत्रित भएर बस्न सचेतना जगाएका छन् । चोक बजार साथै सडकमा हुने अधिकांस दुर्घटना अटो साथै सिटी सफारीका कारण हुने गरेको भन्दै आँफूहरुले संस्थागत रुपमा पहिलो कार्यक्रम सडक सुरक्षा तर्फ अघि बढाएको समुहका अध्यक्ष मैनालीले जानकारी दिए । यस अघिदेखी नै स्थानीय स्तरमा भएका साथै हुन सक्ने सम्भावित विकृति विसङ्ती विरुद्ध कनकाई नगरपालिकाको कार्यालयमा युवाहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराएको बताएका छन्।
नयाँ सोचका साथ संगठित भएको अस्त्र कनकाई युवा समाजको उपाध्यक्षमा बाबुप्रसाद लिम्बु, सचिवमा निशान बस्नेत, सहसचिवमा साजन माझी र कोषाध्यक्षमा किसान बिष्ट रहेका छन् । युवा समाजको सदस्यहरुमा क्रमशः सुर्य तिम्सिना, गणेश मगर, हेम शिवाकोटी, समन माझि, सरोज तिम्सिना, विशाल राई, एलविस लिम्बु, अभिषेक कुमाल, मदन संग्रौला, रेकट अधिकारी, राजेश कार्की, दिपेन कार्की , गंगा कार्की, अस्विन भुजेतल, आकाश श्रेष्ठ, जीवन थापा, रोषन पौडेल, मौसम मगर, आर्यमन माझी, मानव न्यौपाने, निश्चल प्रसाई रहेका छन् । युवा समाजको सल्लाहकारहरुमा त्रिलोचन चिमरिया, श्यामकुमार राई, रमेशचन्द्रबाबु मैनाली, झलक श्रेष्ठ, पुर्ण लिम्बु, तारा प्रसाई, किरण मैनाली, इन्द्र राई, सुरेन लिम्बु रहेका छन् ।
