Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कल्याणकारी कोष बापतको रकम एनएमसीले सदस्यलाई फिर्ता दिने
    आर्थिक

    कल्याणकारी कोष बापतको रकम एनएमसीले सदस्यलाई फिर्ता दिने

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २, मंगलवार १५:४० गते3 Mins Read

    असल संस्कार र समृद्धिका लागि एनएमसी
    नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
    कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश

    नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) स्थापनाकाल २०५० देखि संस्थाका सदस्यको हितलाई सर्वाेपरी मानी सहकारीका मूल्य, मान्यता र सिद्धान्त अन्तर्गत सञ्चालित संस्था हो । यसले आफ्ना सदस्यहरुको हितमा काम गर्न समयसापेक्ष विभिन्न नीति तथा कार्यविधिहरु बनाई कार्य गर्दै आएको छ । सहकारी आफैँमा सामाजिक व्यवसाय गर्ने संस्था हो । संस्थाले सामाजिक व्यवसाय सँगसँगै सदस्य र समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्नु पर्दछ । संस्था यस विषयमा सचेत रहँदै आवश्यक कार्य गर्दै आइरहेको छ । संस्थाले सामाजिक व्यवसाय अन्तर्गत बहुउद्देश्यीय हुनुका नाताले बहुलप्रकृतिका व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । व्यवसाय सञ्चालनका अतिरिक्त सदस्यप्रतिको उत्तरदायित्व अन्तर्गत सदस्यको जन्मदेखि मृत्युसम्मका विविध घटनाक्रम समेटेर संस्थाले अभिभावकीय भूमिका समेत निर्वाह गर्दै आइरहेको छ । यसैक्रममा विगतका वर्षहरुदेखि सदस्यको मृत्युमा राहत सुविधा, दीर्घरोग उपचार सुविधा, प्राकृतिक प्रकोपमा सहयोग जस्ता विभिन्न घटनाव्रmममा राहत सुविधा प्रदान गर्दै आइरहेको छ । जसअन्तर्गत विगत केही वर्षदेखि सदस्यको लागत सहभागितामा ५ हजार रुपियाँभन्दा माथि १० हजारसम्म सेयर कायम हुने सदस्यको मृत्युमा २५ हजार र १० हजारभन्दा बढी सेयर कायम हुने सदस्यको मृत्युमा ५० हजार रुपियाँ मृत्यु राहत सुविधा प्रदान गर्दै आएको जसअन्तर्गत ५ हजारभन्दा कम सेयर कायम भएका सदस्यहरु यो सुविधाबाट बञ्चित थिए ।

    सदस्यहरुलाई सेयर पुँजीका आधारमा राहत सुविधामा विभेद हुनु न्यायसंगत नहुने ठहर गर्दै यस वर्षदेखि रु. १ हजारभन्दा माथि सेयर कायम भएका सम्पूर्ण सदस्यहरुलाई रु.५० हजार मृत्यु राहत सुविधा र सदस्यका बाबु, आमा, छोरा वा छोरी वा दम्पत्तिको मृत्युमा रु. १० हजार शुद्धयाई खर्च बापतको सुविधा उपलब्ध गराउने र सो प्रयोजनका लागि सदस्यहरुबाट रु. ७ सय लागत सहभागिता गराउने र अपुग रकम संस्थाले बहन गर्ने गरी यसै आर्थिक वर्षबाट नयाँ नीति कार्यान्वयनमा ल्याइएकोमा कार्यान्वयन प्रक्रियाप्रति केही सदस्यहरुले गुनासो र असहमति जनाएको पाइयो । सहकारी संस्थाका मालिक भनेकै सदस्य हुन् । सदस्यकै हितका लागि कार्यव्रmम सञ्चालन गरिएको भएतापनि सम्बन्धित सदस्य उक्त सुविधाका बारेमा सहमत नहुँदासम्म कार्यान्वयन गर्नु उपयुक्त नहुने ठहर गर्दै यस विषयमा आगामी दिनमा सदस्यहरुसँग थप छलफल र अन्तरक्रियाका माध्यमबाट अन्तिम निर्णयमा पुग्ने गरी हाललाई सदस्य कल्याणकारी कोष सम्बन्धी व्यवस्था स्थगन गर्दै उक्त कोषमा सदस्यको खाताबाट योगदान गराइएको रकम आजैका मितिमा फिर्ता गराई सदस्यको बचत खातामा जम्मा गर्ने निर्णय गरिएको छ । साथै सदस्य मृत्यु राहत र शुद्धयाई खर्चसँग सम्बन्धित साविकको व्यवस्थालाई नै निरन्तरता दिइने छ ।

    संस्थाका सदस्यहरुको जीवनमा आइपर्ने विभिन्न प्रकारका विपत्ति तथा दुर्घटनामा संस्थाले विगतदेखि नै सदस्यको मृत्युमा रु. ५० हजारसम्म, दीर्घरोग उपचारमा रु. २५ हजारसम्म, परिवारजनको मृत्युमा शुद्धयाई खर्च बापत रु. १० हजार, प्राकृतिक प्रकोपमा रु. २५ हजारसम्म, दुर्घटना उपचार खर्च बापत रु. १० हजार लगायतका विभिन्न शीर्षकमा उपलब्ध गराउँदै आएको छ । सोही व्रmममा विगत ७ वर्षदेखि विभिन्न शीर्षकमा सदस्यहरुलाई उपलब्ध गराउँदै आएको राहत रकम विवरण र राहत सुविधा प्राप्त गर्ने सदस्य संख्या निम्न अनुसार रहेको छ ।

    संस्थाले सदस्यलाई सदैव केन्द्रभागमा राखेर व्यावसायिक र सामुदायिक गतिविधि निरन्तर सञ्चालन गरिरहने प्रण संस्थाको तर्फबाट गर्दै आगामी दिनमा समेत सदस्यलाई अधिकतम हित पुग्ने गरी योगदानमा आधारित सदस्य कल्याणकारी कोष सम्बन्धी व्यवस्था निरन्तर सञ्चालन गरिने छ ।

    लक्ष्मीप्रसाद उप्रेती
    प्रमुख कार्यकारी अधिकृत

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.